धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको उपचारमा ‌संलग्न तीन जना आइसोलेसनमा « Khabarhub

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको उपचारमा ‌संलग्न तीन जना आइसोलेसनमा


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि उनको उपचारमा संलग्न ३ जनालाई पनि आइसोलेसनमा राखिएको छ ।

अस्पतालका एक चिकित्सकका अनुसार सुत्केरी महिलाको उपचारमा प्रत्यक्ष संलग्न ३ जनालाई आइसोलेनमा राखिएको छ । उनीहरुको पनि कोराना परीक्षणका लागि थ्रोट स्वाब संकलगन गरी प्रयोगशालामा पठाइएको छ ।

धुलिखेल अस्पतालमा बिहीबार साँझ आकस्मिक रुपमा भर्ना भएकी सुत्केरी महिलाको मृत्युभएको थियो । धुलिखेल अस्पतालको प्रयोगशालामा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि मृतक महिलाको नमूना पुन परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको अस्पताल स्रोतले बतायो ।

अस्पतालका प्रवक्ता सुमन ताम्राकारले महिलाको मृत्यु भएको पुष्टि गरेपछि महिलाको कोरोना परीक्षणको रिपोर्टबारे भने कुनै जानकारी दिएका छैनन् । धुलिखेल अस्पतालमा महिलाको मृत्युभएपछि अहिले अस्पताललाई सील गरिएको छ । स्वास्थ्य मन्त्रालयले पनि सो घटनाको विषयमा अहिले केही बोल्न चाहेको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले खबरहबसँग भने, ‘अहिले सबै कुरा क्लियर भइसकेको छैन । सबै कुरा क्लियर भएपछि प्रेसमिटमा भन्न सक्छु, अहिले पूरा सूचना नआइकन मैले भन्न मिल्दैन । हल्ला चाँही आएको छ ।’

महिलाको उपचारमा प्रत्यक्ष संकलन ३ जना चिकित्सक तथा नर्ससहित अन्य स्वास्थ्यकर्मीलाई समेत आइसोलेसनमा राखेर कोरोना परीक्षण गर्न लागिएको जनाइएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ४ : ०३ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर