सिंहदरबार प्रबलीकरणको काममा तीव्रता  | Khabarhub Khabarhub

सिंहदरबार प्रबलीकरणको काममा तीव्रता 


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनका कारण केही समय प्रभावित भएको सिंहदरबार प्रबलीकरणको कार्यले पुनः गति लिएको छ ।

सिंहदरबारको पश्चिम मोहडामा जगको काम भइरहेको छ । बाँकी तीन वटा मोहडामा प्रबलीकरणको मुख्य काम सम्पन्न भइ यतिबेला टायल/मार्वल एवं पेन्टिङको काम भइरहेको छ ।

सिंहदरबार प्रबलीकरण कार्यको कार्यान्वयन हेर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) उपनिर्देशक झप्परसिंह विश्वकर्माले स्वास्थ्य तथा सुरक्षाका उपाय अपनाएर कामदार थप्दै प्रबलीकरण कार्यलाई अघि बढाइएको बताए।

विश्वकर्माका अनुसार निर्माण कम्पनीले हाल निर्माणस्थलमा बाँकी रहेका तथा स्थानीय स्तरमा उपलब्ध निर्माण सामग्री प्रयोग गरिरहेको छ । निर्माण सामग्री उपलब्ध भएसम्म काम अघि बढाउन सकिने उनको भनाइ छ ।

कामदारहरुलाई सानो सानो समूहमा परिचालन गर्ने तथा कार्यक्षेत्रमा जानुअघि ज्वरो नाप्ने गरिएको निर्माण कम्पनी गौरी पार्वती–न्यू टेक्निकल जेभीका प्रतिनिधि लक्ष्मी सुवेदीले जानकारी दिए ।

चारवटा मोहडाको प्रबलीकरणमा हाल एक सय १९ कामदारले काम गरिरहेका छन् । सुवेदीले कामदारहरुलाई कार्यस्थलमै बस्ने तथा खाने व्यवस्था गरिएको जानकारी दिए ।

त्यसैगरी, लकडाउनका कारण रोकिएका रानीपोखरी एवं धरहरा पुनर्निर्माणको काम पुनः सुरु भएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ५ : ५० बजे

पाथीभरा केबलकार विवाद : एक सातादेखि यातायात ठप्प

फुङ्लिङ– पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले

अंग्रेजी वर्षको पहिलो महिनामा झण्डै ८० हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– अंग्रेजी वर्षको पहिलो महिनामा झण्डै ८० हजार पर्यटक नेपाल घुम्न

कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु

पोखरा– नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा

ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा इसाई युवा पक्राउ

काठमाडौं– पाकिस्तानमा ईश्वरको निन्दा गरेको आरोपमा एक जना युवा पक्राउ

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

झापा– पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा आज बिहान सवारी