सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा दुई दिन छलफल हुने | Khabarhub Khabarhub

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा दुई दिन छलफल हुने


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभामा आइतबार र सोमबार सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ ।

प्रतिनिधिसभाको आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले दुई दिनका लागि मात्रै सरकारको नीति तथा कार्यक्रम माथि छलफल गर्ने निर्णय गरेको हो ।

कोरोनाको सङ्क्रमणको जोखिम बढ्दै गएपछि छलफललाई छोटो र छरितो बनाउने निर्णय गरिएको हो । कोरोनाको जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गरेर सबै स्वास्थ्य सचेतना अपनाइने भएको छ ।

बैठकले सम्पूर्ण सुरक्षा सतर्कता अपनाएर छलफल सञ्चालन गर्ने, सांसदहरुलाई पहिले आफू बसेको सिट परिवर्तन नगर्न अनुरोध गर्ने, छलफल छोटो बनाउने र यही जेठ ६ गते छलफलका क्रममा उठेका प्रश्नको प्रधानन्त्रीले जवाफ दिनेगरी व्यवस्था गर्ने निर्णय भएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ७ : २१ बजे

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव

चट्याङ लागेर बालकको मृत्यु

अछाम– चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम– सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण