सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा दुई दिन छलफल हुने « Khabarhub

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा दुई दिन छलफल हुने


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभामा आइतबार र सोमबार सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ ।

प्रतिनिधिसभाको आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले दुई दिनका लागि मात्रै सरकारको नीति तथा कार्यक्रम माथि छलफल गर्ने निर्णय गरेको हो ।

कोरोनाको सङ्क्रमणको जोखिम बढ्दै गएपछि छलफललाई छोटो र छरितो बनाउने निर्णय गरिएको हो । कोरोनाको जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गरेर सबै स्वास्थ्य सचेतना अपनाइने भएको छ ।

बैठकले सम्पूर्ण सुरक्षा सतर्कता अपनाएर छलफल सञ्चालन गर्ने, सांसदहरुलाई पहिले आफू बसेको सिट परिवर्तन नगर्न अनुरोध गर्ने, छलफल छोटो बनाउने र यही जेठ ६ गते छलफलका क्रममा उठेका प्रश्नको प्रधानन्त्रीले जवाफ दिनेगरी व्यवस्था गर्ने निर्णय भएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ७ : २१ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका