चोरीमा संलग्न छ पक्राउ « Khabarhub

चोरीमा संलग्न छ पक्राउ


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले चोरी कार्यमा संलग्न छ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरीवृत्त थानकोट र वृत्त कीर्तिपुरको टोलीले चन्द्रागिरि नगरपालिका–१५ तिनथानास्थित राजेश मानन्धरको घरबाट रु १७ लाख ६१ हजार मूल्य बराबरको धनमाल चोरी गर्ने छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउपर्नेमा उदयपुरका आकाश मगर, अञ्जना मगर, कीर्तिपुरका सौरभ महर्जन, अभिषेक महर्जन र धादिङका विमला तामाङ र कविता मगर रहेका छन् ।

पक्राउ परेकामध्ये अञ्जना मगर, अभिषेक महर्जन र कविता मगरलाई चन्द्रागिरि नगरपालिका–१५ तिनथानाबाट, विमला तामाङलाई इलाका प्रहरी कार्यालय गजुरीको समन्वयमा धादिङ किरानचोकबाट तथा सौरभ महर्जन र आकाश मगरलाई कीर्तिपुर नगरपालिका–३ चिहानघाटबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
–––

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ७ : ५३ बजे

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका