सरकारको नीति तथा कार्यक्रम संशोधन गर्नुपर्ने कांग्रेसको निष्कर्ष « Khabarhub

सरकारको नीति तथा कार्यक्रम संशोधन गर्नुपर्ने कांग्रेसको निष्कर्ष


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रम पराम्परागत रहेको भन्दै संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको काग्रेस संसदीय दलको बैठकले नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रम पराम्परागत  भएको भन्दै संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले सरकारको नीति तथा कार्यक्रमले मुलुकको समस्या सम्बोधन गर्न नसकेको बताए ।

सरकारले जनताको उपचार, खाद्यान्न लगायतका राहत प्याकेज ल्याउन नसकेको मुख्य सचेतक खाँणले बताए ।

त्यस्तै विदेशमा अलपत्र रहेका नेपालीहरुलाई तत्काल स्वदेश ल्याउन पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । नेपालमा मापदण्ड पूरा गरी आवश्यक क्वारेन्टाइन र स्वास्थ्य उपचार गर्ने व्यवस्था गरी विदेशमा रहेका नेपालीहरुलाई छिटो भन्दा छिटो नेपाल ल्याउनुपर्ने निष्कर्ष निकालिएको सचेतक खाँणले जानकारी दिए ।

बैठकले नेपाली भूमिमा भारतले सडक बनाएकोप्रति आपत्ति जनाउँदै कुटनीतिक पहलबाट नेपाली भूमि फिर्ताको लागि वार्ता गर्न पनि माग गरेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ८ : ११ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका