असार ७ गते सूर्यग्रहण लाग्दै, कुन राशिलाई कस्तो प्रभाव पर्नेछ ? | Khabarhub Khabarhub

असार ७ गते सूर्यग्रहण लाग्दै, कुन राशिलाई कस्तो प्रभाव पर्नेछ ?


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही असार ७ गते आइतबार (जुन २१ तारिख) नेपालबाट देखिने गरी खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ ।

आइतबार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने उक्त ग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम अवस्थामा रहनेछ । अपराह्न २ बजेर २३ मिनेटमा पूर्णरुपमा ग्रहणले छोड्ने छ ।

उक्त ग्रहणले दुईवटा नक्षत्रलाई सन्धि बनाएर ३ घण्टा ३३ मिनेटसम्म लाग्न लागेको हुनाले यसलाई विशेष रुपमा हेरिएको छ ।

ग्रहण सुरुभएको २ घण्टा ३५ मिनेट पछि मृगशिरा नक्षत्रलाई छोडेर आद्रा नक्षत्रमा करिब ५८ मिनेटसम्म ग्रहण रहिरहने छ ।

यस्तो खालको ग्रहण महाभारत युद्धको समयमा पनि लागेको भन्ने ज्योतिषका सिद्ध ग्रन्थ तथा पुराणहरुमा उल्लेख्य गरिएको छ ।

आइतबार सूर्य ग्रहण तथा सोमबार चन्द्र ग्रहण परेको वर्ष विशेष महत्व रहने गरेको छ ।

उक्त ग्रहणलाई चुडामणि ग्रहण भन्ने गरिएको छ । गत वर्ष पुस महिनामा लागेको खण्डग्रस सूर्यग्रहण भन्दाभन्दा ठीक विपरीत तरिकाबाट लाग्ने भएकाले यसको प्रभाव विश्वभरि नै सकारात्मक रहने ज्योतिष शास्त्रीको दाबी छ ।

कुन राशिका लागि कस्तो प्रभाव ?

मृगशिरा र आर्द्रा नक्षत्र तथा मिथुन राशिमा लाग्ने ग्रहणले १२ राशिमा फरक फरक प्रभाव पर्ने छ । विशेषगरी वृष, मिथुन, बृश्चिक र मीन राशि हरुका लागि ग्रहणको प्रभाव उच्च रहने छ भने कर्कट, तुला, धनु र कुम्भ राशि हुनेहरुका लागि मध्यम रहनेछ । मेष, सिंह, कन्या तथा मकर राशि हुनेका लागि भने शुभ रहने छ ।

पञ्चाङ्गमा उल्लेख भएअनुसार मेष राशिका भएकाहरुले सूर्य ग्रहण अवलोकन गरेमा श्रीप्राप्ति तथा सिंह राशि हुनेका लागि लाभ र कन्या तथा मकर राशि भएकाहरुका लागि सुख प्राप्ति हुने बताइएको छ ।

असुरक्षित तरिकाबाट कसैले पनि ग्रहण अवलोकन नगर्न समेत आम सर्वसाधारणमा आग्रह गरिएको छ।

यो ग्रहण ७५ प्रतिशत मानिसले हेर्न नहुने तथा चार ओटा राशि अर्थात २५ प्रतिशतले सुरक्षित अवलोकन गर्दा कुनै प्रकारको हानिकारक नहुने ज्योतिषीले दाबी गरेका छन् ।

के के गर्न हुँदैन ?

धार्मिक नियम अनुसार असार ६ गते शनिबार राति १० बजेर ५० मिनेटबाट नै बालक, वृद्ध अशक्त तथा रोगीहरु बाहेकले भोजन गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ ।

यस्तो अवस्थालाई सुतक काल भनेर भनिएको छ । सुतक सू्र्य ग्रहण लाग्नुभन्दा १२ घण्टा अगाडिदेखि नै सुरु हुने उल्लेख गरिएको छ।

ग्रहणको प्रभाव कम गर्नका लागि घरमा भएका पानीका भाडाहरुमा कुश राख्ने तथा गाईको गोबरले घर घेर्ने परम्परा पनि सदीयौंदेखि रहिआएको छ । गाईको गोबरमा हानिकारक व्याक्टेरियालाई निष्कृय पार्न सक्ने शक्ति रहेको वैज्ञानिकबाटै पुष्ठि भैसकेको छ ।

खण्डग्रास सूर्यग्रहण विशेष गरेर मिथुन राशिका दुईवटै नक्षत्रमा लाग्ने भएकाले ज्योतिष तथा खगोलविद्हरुले ऐतिहासिक ग्रहण भनेर जानकारी गराएका छन । यसको प्रभाव पृथ्वीमा रहेका हरेक वस्तुमाथि फरक फरक तरिकाले पर्दछ ।

यस्ता खाले ग्रहण लागेको समयमा विभिन्न क्षेत्रमा प्रभाव पार्ने गर्दछ । बिशेष गरी पश्चिमी उत्तरका देशहरुमा यसको प्रभाव उच्च रहने छ । ग्रहण लाग्ने राशिको हिसाबले पनि मिथुन राशिको दिशा पनि पश्चिम नै हो, यस कारणले पनि पश्चिमी क्षेत्रमा उच्च प्रभाव पर्ने अनुमान गरिएको छ ।

ग्रहको अवस्था पनि देवगुरु बृहस्पति नीच अवस्थामा शनिसँग वक्री भएर एउटै राशिमा रहेका छन् । जुन जुन समयमा शनि तथा बृहस्पति एउटै राशिमा बस्दछन् यस्तो समयमा विश्वमा नै नकारात्मक प्रभाव पर्ने गरेको छ । गत वर्ष पुस १० गते लागेको ग्रहण पनि दुर्लभ भनेर भनिएको थियो । उक्त समयमा पनि ६ ओटा ग्रह एकैसाथ धनु राशिमा बसेको अवस्थामा लागेको थियो ।

यो खण्डग्रास सूर्य ग्रहण हो । ग्रहण प्रकृतिका लागि अद्भुत चमत्कार एक खगोलीय घटना हो । यसको गणना ईसाको चार हजार वर्ष पूर्व नै गणना भएको कुरा वेदमा उल्लेख छ ।

ऋग्वेदमा भनिएको छ, ‘अत्रि ऋषिका परिवारलाई मात्रै यस्तो खाले खगोलीय घटनाको गणना गर्ने ज्ञान थियो । महर्षि अत्रिमुनि ग्रहणहरुको बारेमा जानकारी गराउने प्रथम आचार्य भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । वैदिककालदेखि नै ग्रहणको अध्ययन तथा परिक्षण भएको प्रमाण भेटिन्छ ।’

पाचौँ शताब्दीमा आर्यभट्टले ग्रहण सम्बन्धि थप रहस्य पत्ता लगाउँदै ग्रहणको आधिकारिक समय निर्धारण गरेका थिए । भौतिक विज्ञानले पनि यसलाई स्वीकारेको छ । एन्टिरेडिएसनका रुपमा र आध्यात्मिकले पनि नकारात्मक शक्ति एकदमै हानिकारक हुन्छ भनेर ।

ग्रहणको समयमा सूर्यबाट आउने किरणमा नकारात्मक प्रकाश आउने हुँदा यसबाट बच्नका लागि आग्रह समेत गरेका छन् । यसको स्रोत भनेको, राहु र केतु नाम गरेका ग्रहहरुबाट नै आउने हो । त्यस कारण हरेक औंशी तथा पूर्णिमामा ग्रहण लाग्नुको मुख्य कारण नै राहु र केतुले गर्दा हुने ज्योतिषशास्त्रीहरु बताउँछन् ।

ग्रहण कालमा कुनै नदी, तलाउ तथा धार्मिक क्षेत्रमा गएर स्नान गर्नुपर्ने बताइन्छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १० : ३८ बजे

लहान चोकको सहिद स्मारक स्थानान्तरण

सिराहा– मधेश आन्दोलनका पाँच सहिदहरूको स्मृतिमा निर्मित यहाँको लहानस्थित मुख्यचोकमा

खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्री नियुक्त

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजालाई नियुक्त

प्रधानमन्त्रीलाई भेटेर माधव नेपालले भने- चैत १५ गते पार्टी कार्यालयमा भएको क्षतिपूर्ति दिलाउनुपर्‍यो 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा एकीकृत समाजवादीले मुलुकको आर्थिक,

कांग्रेसका नौ भाइ भन्छन्- ‘कोर्स करेक्सन’ गर्ने बेला भयो 

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले राजनीतिक ‘कोर्स करेक्सन’ गर्ने बेला भएको

बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका–५ विष्णुमती पुल नजिक आज मोटरसाइकल दुर्घटना हुँदा