स‌ंविधान संशोधनमा अनुपस्थित हुने कस-कसलाई नेकपाले सोध्यो स्पष्टिकरण (पत्रसहित) « Khabarhub

स‌ंविधान संशोधनमा अनुपस्थित हुने कस-कसलाई नेकपाले सोध्यो स्पष्टिकरण (पत्रसहित)


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संविधान संशोधनमा अनुपस्थित हुने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४ सांसदलाई नेकपाले कारवाही प्रक्रिया सुरु गरेको छ ।

संसदीय दलले चार सांसदहरुलाई स्पष्टीकरण सोधेको छ ।

संविधान संशोधनमा अनुपस्थित हुनेमा हरिबोल गजुरेल, धनबहादुर बुढा, गोपालबहादुर बम र शिवकुमार मण्डललाई स्पष्टिकरण सोधिएको हो ।

नेपाल सरकारले ७ जेठमा भारतले अतिक्रमण गरेको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग समेटेर राजनीतिक नक्सा प्रकाशन गरेको थियो ।

उक्त नक्सालाई निशान अध्यावधिक गर्नका लागि संविधान संशोधन गरेको छ ।

उक्त संविधान संशोधनमा सबै दलले एकमत भएर पक्षमा भोट हालेका थिए । समाजवादी पार्टीकी सरिता गिरीले भने विपक्षमा संशोधन दर्ता गराएकी थिइन् ।
अन्तिम समयमा आएर उनको प्रस्ताव अस्वीकृत भएको थियो ।

तर, सत्तारुढ दलकै चार जना सांसद संविधान संशोधनमा अनुपस्थित थिए । अनुपस्थित भएका चारै जना सांसदलाई नेकपाको संसदीय दलले स्पष्टीकरणसहितको पत्र पठाएको छ ।

हेर्नुहोस् पत्र


पत्रमा भनिएको छ, ‘दलको विधानको दफा ३० को उपदफा १ र २ अनुसार के कति कारणले अनुपस्थित हुनुभएको हो ? पत्र प्राप्त भएको मितिले ५ दिनभित्र दलको कार्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण दिनु हुन निर्देशन गरिन्छ ।’

नेकपाको संसदीय दलले संसदमा संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप नै जारी गरेको थियो । दलको ह्वीप नै नमानेर विनासूचना अनुपस्थित भएकाले चारै जनालाई संसदीय दलले पत्र पठाएको छ ।

उनीहरूलाई संसदीय दलको कार्यालयको पत्रमा ५ दिनभित्रमा दलको कार्यालयमा उपस्थित भई लिखित रूपमा स्पष्टीकरण दिन निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ५ : ०३ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६