४५ वर्षपछि भारत–चीन सीमामा हिंसात्मक भिडन्त « Khabarhub

४५ वर्षपछि भारत–चीन सीमामा हिंसात्मक भिडन्त


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ४५ वर्षपछि भारत–चीन सीमामा हिंसात्मक भिडन्त भएको छ ।

भारत र चीनको सीमा क्षेत्र लद्दाखको गल्वान उपत्यकमा सोमबार राति भएको भिडन्तमा एक भारतीय सैन्य अधिकृतसहित २० सैनिकको मृत्यु भएको छ । चीनतर्फ पनि हताहति भएको भारतीय सञ्चार माध्यमले दाबी गरेका छन् ।

आणविक शक्ति राष्ट्र भारत र चीनबीच लद्दाखमा सन् १९६२ को युद्धपछि छिटफुट आमने–सामने र झडप भइरहे पनि ज्यानै जाने गरी भिडन्त भएको थिएन । अरूणाञ्चलको तुलुङ लामा १९७५ मा दुई देशका सैनिकबीच भिडन्त भएयता भारत र चीनबीचको सीमानामा यो पहिलो हताहति हो । सीमामा हताहति रोक्न गस्ती गर्दा दुबै देशका सैनिकहरू निःशस्त्र हिँड्ने र समन्वय गर्ने गरे पनि एक महिनायता तनाव बढेको थियो ।

गत मे ५ मा लद्दाखकै प्यान्गोङ सो हिमताल छेउमा भारत र चीनका सैनिकहरूबीच धकेलाधकेल हुँदा दुबैतर्फका केही सैनिकहरू सामान्य घाइते भएका थिए । भारत र चीनका सुरक्षाकर्मीबीच सीमामा तनाव र आमने–सामनको स्थिति सोमबार राति हिंसात्मक झडपमा बद्लिएको हो ।

तनाव रोक्न दुबै देशबीच वार्ता भइरहेका बेला भिडन्त भएको हो । भारत र चीन दुवै देशले भिडन्तको आरोप एक–अर्कामाथि लगाएका छन् ।

गल्वान उपत्यकामा चिनियाँ सैनिकले भारतीय भूमि अतिक्रमण गरी गस्ती गरिरहेको भारतले आरोप लगाउँदै आएको छ । त्यस्तै, भारतले युद्धको तयारीस्वरूप पूर्वी लद्दाखको लाइन अफ कन्ट्रोलनजिकै चीनले थप ५ हजार फौज उतारेको दाबी गरिरहेको छ ।

चिनियाँ सरकार नियन्त्रित सञ्चारमाध्यमहरूले समेत सीमानामा चिनियाँ सेनाको बढ्दो गतिविधिबारे भिडियो र अन्य सामग्री प्राथमिकताका साथ प्रशारण गरिरहेका छन् ।

चीनले सहमतिविपरीत भारतले सीमा पार गरी उत्तेजक गतिविधि गरेकाले भिडन्त भएको आरोप लगाएको छ । भारतीय रक्षामन्त्रीले तीन वटै सैन्य संगठनका प्रमुखहरूसँग घटनाबारे आकस्मिक छलफल गरेका छन् ।

भारत र चीनबीच ३ हजार ४८८ किलोमिटर लामो सीमाका धेरै ठाउँमा सीमाविवाद र एक अर्काको दाबी छ । सीमा विवादलाई लिएर सन् १९६२ मा दुई देशबीच युद्ध भएको थियो । सीमानाका धेरै ठाउँमा लाइन अफ एक्चुयल कन्ट्रोलकै टुंगो नलागेकोले दुई देशले सीमा क्षेत्रलाई आआफ्नो दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ७ : २७ बजे

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं