इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जीत « Khabarhub

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जीत


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले बर्नेमाउथलाई हराएको छ ।

बुधबार राति भएको खेलमा सिटीले बर्नेमाउथलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जीत दिलाउन डेभिड सिल्भा र ग्राबियल जिससले एक/एक गोल गरे । बर्नेमाउथका डेभिड ब्रुक्सले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा सिल्भाले फ्रिकिकबाट गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा जिससले गोल गर्दा पहिलो हाफमा सिटी २-० ले अघि रह्यो ।

खेलको ८८ औं मिनेटमा बर्नेमाउथका डेभिडले एक गोल फर्काए । त्यसपछि खेलमा कुनै पनि गोल नभएपछि सिटीले खेल २-१ ले जीत्यो ।

जीतसँगै सिटीले ३६ खेलमा ७५ अंक जोडेको छ । र, सिटीले च्याम्पियन लिभरपुलसँगको अंक दूरी समेत घटाएको छ ।

शीर्ष स्थानको लिभरपुलको ९३ अंक रहेको छ । सिटी लिभरपुल भन्दा १८ अंकले पछि रहेको छ ।

हारसँगै ३१ अंकमा सीमित बर्नेमाउथ रेलिगेसनको जोखिममा पुगेको छ ।

 

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ६ : २१ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि