ओली – दाहाल – नेपालबीच बालुवाटारमा वार्ता « Khabarhub

ओली – दाहाल – नेपालबीच बालुवाटारमा वार्ता


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेकपामा बढेको विवाद समाधानका लागि शीर्ष तीन नेता बालुवाटारमा वार्तामा जुटेका छन् ।

६ दिनको संवादहिनता तोडेर लगातार दुई दिन छलफल गरेका ओली – दाहालको वार्ताले निकास नदिएपछि अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधव कुमार नेपालबीच वार्ता भइरहेको हो ।

ओली र प्रचण्ड एक्लाएक्लै धेरैपटक छलफलमा बसे पनि सहमति नजुटेपछि बिहान साढे ११ बजेदेखि सुरू भएको वार्तामा माधव नेपाल पनि सहभागी भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

खासगरी एक व्यक्ति एक पदको विषय उठाउँदै आएका नेपाललाई नै राखेर पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन  उनलाई पनि बैठकमा सहभागी गराएको बताइएको छ ।

असार १० गतेबाट सुरू भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि पार्टी फुटको संघारमा पुगेको थियो । त्यसै कारण स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ ।

तर,  यो बीचमा चिनियाँ राजदूतको सक्रियता एवं नेकपाकै दोस्रो तथा तेस्रो तहका नेताहरूको लबिङ र दबाबले पार्टी विभाजन टरेको र छलफलबाटै समस्याको हल खोज्न शीर्ष नेताहरू क्रियाशिल भएको बताइँदै आएको छ । यद्यपि पार्टी र सरकारको शक्ति बाँटफाँटमा नेताहरूबीच कुरा नमिल्दा सहमति जुट्न सकेको छैन ।

जारी छलफलमा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्‍याएका छन् भने प्रचण्डले कम्तिमा एउटा पद छाडेर सहमतिमा आउन आग्रह गर्दै आएका छन् ।

तर, ओलीले दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने जवाफ दिदै आएको बताइन्छ । मंसिर ४ को सहमतिमा  ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने उल्लेख छ ।

मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै प्रचण्डले २०७५ जेठ २ को सहमतिअनुसार अघि बढ्नुपर्ने अडान लिएका छन् ।

त्यसमा पनि सहमति नभए असन्तुष्ट पक्षलाई पनि मिलाउने गरी नयाँ लिखित सहमति गर्नुपर्ने माग प्रचण्डले राखेको बुझिएको छ । तर, त्यसमा पनि ओली सहमत हुन सकेका छैनन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ११ : ५० बजे

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ