खुमलटार बैठकको निष्कर्ष : ओलीलाई दबाव दिने, स्थायी कमिटी चलाउने « Khabarhub

खुमलटार बैठकको निष्कर्ष : ओलीलाई दबाव दिने, स्थायी कमिटी चलाउने


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी भित्रको विवाद समाधान गर्न दुई अध्यक्ष छलफलमा जुटेपनि सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाव दिँदै स्थायी कमिटी बैठकलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।

बिहान ९ बजेदेखि २ घण्टा भन्दा बढी प्रचण्डनिवास खुमलटारमा बसेको बैठकले जसरी पनि स्थायी कमिटी बैठकलाई अघि बढाउने निर्षकर्ष निकालेको एक सचिवालय सदस्यले जानकारी दिए । खुमलटार बैठकमा प्रचण्ड, नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागि थिए ।

खुमलटार बैठकपछि अहिले बालुवाटारमा ओलीसहित प्रचण्ड र माधव नेपाल छलफलमा जुटेका छन् । छलफलका क्रममा प्रचण्ड र नेपालले खुमलटार बैठकको निष्कर्षका विषयमा ओलीलाई जानकारी गराइने ती नेताले बताए ।

बैठकमा सहभागि नेताले भने, ‘भोलिदेखि स्थायी कमिटी बैठक चल्ने छ । त्यसका लागि अध्यक्ष ओलीलाई दबाव दिइने छ । स्थायी कमिटीको बैठक कुनै हालतमा रोक्नु हुँदैन भन्‍ने हाम्रो निष्कर्ष निस्किएको छ।’

गत असार १० गतेदेखि सुरु भएको बैठक १६ गतेदेखि अवरुद्ध रहँदै आएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  १ : १४ बजे

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान