खुमलटार बैठकको निष्कर्ष : ओलीलाई दबाव दिने, स्थायी कमिटी चलाउने « Khabarhub

खुमलटार बैठकको निष्कर्ष : ओलीलाई दबाव दिने, स्थायी कमिटी चलाउने


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी भित्रको विवाद समाधान गर्न दुई अध्यक्ष छलफलमा जुटेपनि सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाव दिँदै स्थायी कमिटी बैठकलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।

बिहान ९ बजेदेखि २ घण्टा भन्दा बढी प्रचण्डनिवास खुमलटारमा बसेको बैठकले जसरी पनि स्थायी कमिटी बैठकलाई अघि बढाउने निर्षकर्ष निकालेको एक सचिवालय सदस्यले जानकारी दिए । खुमलटार बैठकमा प्रचण्ड, नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागि थिए ।

खुमलटार बैठकपछि अहिले बालुवाटारमा ओलीसहित प्रचण्ड र माधव नेपाल छलफलमा जुटेका छन् । छलफलका क्रममा प्रचण्ड र नेपालले खुमलटार बैठकको निष्कर्षका विषयमा ओलीलाई जानकारी गराइने ती नेताले बताए ।

बैठकमा सहभागि नेताले भने, ‘भोलिदेखि स्थायी कमिटी बैठक चल्ने छ । त्यसका लागि अध्यक्ष ओलीलाई दबाव दिइने छ । स्थायी कमिटीको बैठक कुनै हालतमा रोक्नु हुँदैन भन्‍ने हाम्रो निष्कर्ष निस्किएको छ।’

गत असार १० गतेदेखि सुरु भएको बैठक १६ गतेदेखि अवरुद्ध रहँदै आएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  १ : १४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका