ओली-प्रचण्ड-नेपालबीचको वार्ता पनि निष्कर्षविहीन « Khabarhub

ओली-प्रचण्ड-नेपालबीचको वार्ता पनि निष्कर्षविहीन


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल पनि बिना निष्कर्ष टुं‌गिएको छ ।

साढे २ घण्टा छलफल भए पनि ठोस सहमति नभएको बालुवाटर स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘साढे २ घण्टा छलफल भएको छ । ठोस कुनै सहमति भएको छैन ।’

यसअघि ओली र प्रचण्डले एक्लाएक्लै छलफल गर्दै आएका थिए। अध्यक्षद्वयले बुधवार पनि साढे दुई घण्टा छलफल गरेका थिए। पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला केही दिन एक्लाएक्लै छलफल गरेका ओली-प्रचण्ड ठोस निष्कर्षमा पुग्न सकेका छैनन्।

यसअघि अध्यक्षद्वयले आफ्ना केही सहयोगी नेताहरुलाई छलफलमा सहभागी गराए पनि वरिष्ठ नेताहरुले भने प्रवेश गरेका थिएनन्।

प्रचण्डले नेपाललाई पनि बैठकमा राख्न माग गरेपछि बिहीबार उनलाई बोलाइएको हो। बिहीबार बिहानमात्रै प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल सहभागी थिए।

खुमलटारको बैठकमा अध्यक्ष ओलीलाई दबाव दिँदै स्थायी कमिटी बैठक चलाउने समझदारी भएको थियो ।

स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहित अधिकांश नेताहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका थिए। त्यसपछि नेकपाको विवाद झनै बल्झिएको थियो। प्रधानमन्त्री ओली दुवै पद नछाड्ने अडानमा कायम छन्।

पार्टी फुटको संघारमा पुगेको भन्दै संकट टार्नका लागि सहमतिको जिम्मा ओली- प्रचण्डलाई दिइएको थियो। अध्यक्षद्वय सहमतिमा नपुगे पनि पार्टीका केही नेताहरु फुटबाट जोगिएको सन्देश प्रवाह गरिरहेका छन्। पार्टीलाई विभाजनबाट जोगाउन भन्दै नेता कार्यकर्ताहरुले खबरखदारी गरिरहेका छन्।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  २ : ४२ बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन