काठमाडौंमा आज एक जनामा कोरोना पुष्टि, उपत्यकामा संक्रमितको संख्या ३६५ पुग्यो « Khabarhub

काठमाडौंमा आज एक जनामा कोरोना पुष्टि, उपत्यकामा संक्रमितको संख्या ३६५ पुग्यो


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा काठमाडौंका एक जनामा मात्रै कोरोना संक्रमण देखिएको हो ।

यसअघि बुधबारसम्म काठमाडौंमा २४४ जना, ललितपुरमा ७५ जना र भक्तपुरमा ४५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

नेपालमा आज कोरोना संक्रमण पुष्टि भएका १६७ जनामध्ये एक जना काठमाडौंका हुन् । आज (बिहीबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १६७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

प्रवक्ता गौतमका अनुसार हाल नेपालमा संक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेको छ भने जम्मा संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । आज ४ हजार ९८१ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमित निको भई घर फर्केका छन् । प्रवक्ता गौतमका अनुसार योसँगै नोपलमा कोरोना मुक्त हुनेको संख्या ११ हजार २४९ पुगेको छ ।

क्वारेन्टिनमा २३ हजार ५ सय रहेको उनले जानकारी दिए । अहिलेसम्म नेपालमा कोरोनाका कारण ३९ जनाको ज्यान गएको प्रवक्ता गौतमले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ४ : ५३ बजे

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा

मीन विश्वकर्माको प्रस्ताव : आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले शीर्ष नेताहरू घेराबन्दीबाट बाहिर

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट