भारतमा कोरोना भाइरसको संक्रमणले ५० हजारभन्दा बढीको मृत्यु  « Khabarhub

भारतमा कोरोना भाइरसको संक्रमणले ५० हजारभन्दा बढीको मृत्यु 


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९५० जनाको मृत्यु भएसँगै भारतमा आइतबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५० हजार ८४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै भारतमा एकैदिन ६३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ६३ हजार ९८६ जना संक्रमित भएसँगै आइतबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २५ लाख ८९ हजार २०८ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १८ लाख ६० हजार ६७२ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७८ हजार ४५२ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ५ : ४० बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६