कोरोना भाइरस : विश्वमा एकै दिन २ लाख ४८ हजार संक्रमित « Khabarhub

कोरोना भाइरस : विश्वमा एकै दिन २ लाख ४८ हजार संक्रमित


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर कोरोना भाइरसले एकैदिन २ लाख ४८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

साढे सात महिनादेखि फैलिएको संक्रमणबाट यो समाचार तयार पार्दासम्म २ करोड १६ लाख ३५९ मानिस संक्रमित भएका छन् । यसमध्ये २ लाख ४८ हजार ८१७ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

यस्तै एकै दिन थप ५ हजार १५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ७ लाख ६८ हजार ६०३ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ४३ लाख २१ हजार ८४४ जना संक्रमण मुक्त भएका छन् । निको हुनेको यो संख्या ६६.३० प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ९२७ जनाको मृत्यु भएको छ । ३१ लाख ४८ हजार १९४ जना संक्रमित भएकोमा १९ लाख ३ हजार ७३५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४६ हजार ६९० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६५ लाख १९ हजार ५२८ पुगेको छ । त्यसमध्ये ३५ लाख ५५ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख १८ हजार ६६१ जनाको मृत्यु भएको छ । ५५ लाख ७७ हजार ५२२ जना संक्रमित भएकोमा ४२ लाख ७० हजार ५३४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ७४ हजार ५२८ जनाको मृत्यु भएको छ । ५२ लाख १६ हजार ५३० जना संक्रमित भएकोमा ३७ लाख ४८ हजार २८६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २५ हजार ३७७ जनाको ज्यान गएको छ भने ११ लाख १२ हजार ७३२ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख २७ हजार ९८८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४०५ जनाको मृत्यु भएको छ । २५ हजार १३२ जना संक्रमित भएकोमा १५ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ७ : १५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क