कतारमा कोरोनाले १८ नेपालीको मृत्यु, संक्रमित संख्या १ लाख १४ हजार नाघ्यो « Khabarhub

कतारमा कोरोनाले १८ नेपालीको मृत्यु, संक्रमित संख्या १ लाख १४ हजार नाघ्यो



दोहा – कतारमा कोरोना भाइरसको संक्रमणले १८ जना नेपालीको मृत्यु भएको छ ।

कतारमा कोरोनाले मृत्यु भएका १९२ जनामध्ये १८ जना नेपाली रहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे नखुलाइएकाले कति नेपाली संक्रमित छन् भन्नेबारे केही खुलाइएको छैन ।

यसैबीच कतारमा कोरोना संक्रमितको संख्या घट्दै जान थालेको छ । विगत केहि दिनको तुलनामा कोरोना संक्रमितको संख्या न्यून रहेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कतारमा पछिल्लो २४ घण्टामा ३ हजार ७६७ जनाको कोरोना परीक्षण गरिएकोमा २७७ जनालाई कोरोना पुष्टी भएको छ । योसंगै कतारमा संक्रमितको संख्या १ लाख १४ हजार ८०९  पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामै २४७ जना संक्रमितलाई निको भएका छन् । योसंगै कतारमा उपचारपछि निको हुनेको संख्या १ लाख ११ हजार ५०५ पुगेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ५ लाख ४६ हजार २८५ जनाको परीक्षण गरिएको छ ।

संक्रमितको संख्या घटे पनि सावधानिको उपायहरु अपनाउन तथा अनिवार्य रुपमा माक्सको प्रयोग गर्न स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन् । बाहिर हिँडडुल गर्दा अनिवार्य रुपमा एथेराज एप प्रयोग गर्न पनि आग्रह गरिएको छ ।

संक्रमितको संख्या घट्दै गएपछि कतारले सेप्टेम्बरबाट कोरोना भाइरसको जोखिमपछि लगाइएका सबै खाले प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ९ : १३ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,