कतारमा कोरोनाले १८ नेपालीको मृत्यु, संक्रमित संख्या १ लाख १४ हजार नाघ्यो « Khabarhub

कतारमा कोरोनाले १८ नेपालीको मृत्यु, संक्रमित संख्या १ लाख १४ हजार नाघ्यो



दोहा – कतारमा कोरोना भाइरसको संक्रमणले १८ जना नेपालीको मृत्यु भएको छ ।

कतारमा कोरोनाले मृत्यु भएका १९२ जनामध्ये १८ जना नेपाली रहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे नखुलाइएकाले कति नेपाली संक्रमित छन् भन्नेबारे केही खुलाइएको छैन ।

यसैबीच कतारमा कोरोना संक्रमितको संख्या घट्दै जान थालेको छ । विगत केहि दिनको तुलनामा कोरोना संक्रमितको संख्या न्यून रहेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कतारमा पछिल्लो २४ घण्टामा ३ हजार ७६७ जनाको कोरोना परीक्षण गरिएकोमा २७७ जनालाई कोरोना पुष्टी भएको छ । योसंगै कतारमा संक्रमितको संख्या १ लाख १४ हजार ८०९  पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामै २४७ जना संक्रमितलाई निको भएका छन् । योसंगै कतारमा उपचारपछि निको हुनेको संख्या १ लाख ११ हजार ५०५ पुगेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ५ लाख ४६ हजार २८५ जनाको परीक्षण गरिएको छ ।

संक्रमितको संख्या घटे पनि सावधानिको उपायहरु अपनाउन तथा अनिवार्य रुपमा माक्सको प्रयोग गर्न स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन् । बाहिर हिँडडुल गर्दा अनिवार्य रुपमा एथेराज एप प्रयोग गर्न पनि आग्रह गरिएको छ ।

संक्रमितको संख्या घट्दै गएपछि कतारले सेप्टेम्बरबाट कोरोना भाइरसको जोखिमपछि लगाइएका सबै खाले प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ९ : १३ बजे

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस