बजारको पानीपुरीले पुर्‍याउँछ स्वास्थ्यमा गम्भीर असर « Khabarhub

बजारको पानीपुरीले पुर्‍याउँछ स्वास्थ्यमा गम्भीर असर


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पानीपुरी भन्नासाथ सबैको मुख रसाउने गर्दछ । पानीपुरीको अमिलो, पिरो स्वादका कारण विशेषय महिलाहरु यसमा लोभिने गर्दछन् । भारतिय परिकारका रुपमा चिनिने पानीपुरी अहिले हरेक गल्ली तथा चोकमा पाइन्छ । यसलाई पुच्का, गोलगप्पा, गोलगप्पे नामले समेत चिनिन्छ ।

आँटा र सुजी मिसाएर बनाइने भुक्क फुलेको सानो रोटी जस्तो पानीपुरीलाई थोरै फुटाएर त्यसभित्र मसलामा मिचिएको आलु हालिन्छ र तित्रिको अमिलो पानीमा डुबाएर खाइन्छ । यसको स्वाद वर्णन गरी साध्य हुदैन । तर स्वादिलो भएर पनि बजारमा पाइने अधिकाशं पानीपुरी स्थास्थ्यका लागी हानिकारह हुन्छन् ।

बजारमा पाइने पानीपुरीमा अमिलाको रुपमा प्रयोग गर्नु पर्ने तित्रि (इमली)को सट्टा केमीकलको प्रयोगले पानीलाई अमिलो बनाइन्छ । यो केमीकलयुक्त झोल स्वास्थ्यका लागी हानिकारक हुन्छ ।

यस अलावा पानीपुरी फुराउने तेल समेत राम्रो हुदैन । पहिलेदेखि नै पकाउदै आएको तेलमा थप तेल हालेर कैयौं दिनमा नमाझिएको फोहोर भाडाँमा यसलाई फुराउने गरीन्छ । यस्तो तेल र फुराउने भाँडोको फोहोरका कारण शरीरमा रोगको संभावना उच्च रहन्छ ।

पानीपुरीमा हालिने आलु समेत वासी तथा बिग्रिएको प्रयोग गर्ने गरीन्छ । उसिनेको आलु केहि घण्टा भित्रै नखाएमा यसले स्वास्थ्यमा गम्भिर असर पार्दछ । तर बजारको पानीपुरीमा कैयौं दिन सम्म तिनै आलुको प्रयोग गरीन्छ ।

यस अलावा पानीपुरीमा मिश्रण हुने कृतिम रंग र अखाद्य पदार्थले आन्द्रामा समस्या पार्ने तथा कतिपय अवस्थामा क्यान्सरको जोखिम समेत रहन्छ । अझ पानीपुरी बेच्ने मानिसको हात तथा पोसाक समेत फोहोर हुने, हातले जतापायो त्यतै छुने, जीउ कन्याउने गर्दा यसको सेवन गर्ने मानिसको स्वास्थ्यमा गम्भिर असर पार्दछ । तसर्थ स्वस्थ्य ढंगले घरमा नै बनाएको पानीपुरीको सेवन राम्रो मानिन्छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १० : ०८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल