बजारको पानीपुरीले पुर्‍याउँछ स्वास्थ्यमा गम्भीर असर « Khabarhub

बजारको पानीपुरीले पुर्‍याउँछ स्वास्थ्यमा गम्भीर असर


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पानीपुरी भन्नासाथ सबैको मुख रसाउने गर्दछ । पानीपुरीको अमिलो, पिरो स्वादका कारण विशेषय महिलाहरु यसमा लोभिने गर्दछन् । भारतिय परिकारका रुपमा चिनिने पानीपुरी अहिले हरेक गल्ली तथा चोकमा पाइन्छ । यसलाई पुच्का, गोलगप्पा, गोलगप्पे नामले समेत चिनिन्छ ।

आँटा र सुजी मिसाएर बनाइने भुक्क फुलेको सानो रोटी जस्तो पानीपुरीलाई थोरै फुटाएर त्यसभित्र मसलामा मिचिएको आलु हालिन्छ र तित्रिको अमिलो पानीमा डुबाएर खाइन्छ । यसको स्वाद वर्णन गरी साध्य हुदैन । तर स्वादिलो भएर पनि बजारमा पाइने अधिकाशं पानीपुरी स्थास्थ्यका लागी हानिकारह हुन्छन् ।

बजारमा पाइने पानीपुरीमा अमिलाको रुपमा प्रयोग गर्नु पर्ने तित्रि (इमली)को सट्टा केमीकलको प्रयोगले पानीलाई अमिलो बनाइन्छ । यो केमीकलयुक्त झोल स्वास्थ्यका लागी हानिकारक हुन्छ ।

यस अलावा पानीपुरी फुराउने तेल समेत राम्रो हुदैन । पहिलेदेखि नै पकाउदै आएको तेलमा थप तेल हालेर कैयौं दिनमा नमाझिएको फोहोर भाडाँमा यसलाई फुराउने गरीन्छ । यस्तो तेल र फुराउने भाँडोको फोहोरका कारण शरीरमा रोगको संभावना उच्च रहन्छ ।

पानीपुरीमा हालिने आलु समेत वासी तथा बिग्रिएको प्रयोग गर्ने गरीन्छ । उसिनेको आलु केहि घण्टा भित्रै नखाएमा यसले स्वास्थ्यमा गम्भिर असर पार्दछ । तर बजारको पानीपुरीमा कैयौं दिन सम्म तिनै आलुको प्रयोग गरीन्छ ।

यस अलावा पानीपुरीमा मिश्रण हुने कृतिम रंग र अखाद्य पदार्थले आन्द्रामा समस्या पार्ने तथा कतिपय अवस्थामा क्यान्सरको जोखिम समेत रहन्छ । अझ पानीपुरी बेच्ने मानिसको हात तथा पोसाक समेत फोहोर हुने, हातले जतापायो त्यतै छुने, जीउ कन्याउने गर्दा यसको सेवन गर्ने मानिसको स्वास्थ्यमा गम्भिर असर पार्दछ । तसर्थ स्वस्थ्य ढंगले घरमा नै बनाएको पानीपुरीको सेवन राम्रो मानिन्छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १० : ०८ बजे

नेपाल–चीन सीमा बैठकमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

रसुवा– नेपाल र चीनबीचको नियमित सीमा समन्वय बैठक रसुवाको धुञ्चेस्थित

पोखराको अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

कास्की– पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको अँधेरीकुनाबाट

ट्राफिक कारबाहीः २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ – ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

गण्डकी – पोखरा बसपार्क क्षेत्रभित्र रहेका घर पसललगायत सबै संरचना

कृषिकर्ममा रमाउँछन् बलिउड स्टार

दिनभरि क्यामेराको फ्ल्यास, रेड कार्पेटको चमकदमक र लाखौँ फ्यानको नजरबीच