रुसले उत्पादन थाल्यो कोरोनाविरुद्धको खोप « Khabarhub

रुसले उत्पादन थाल्यो कोरोनाविरुद्धको खोप


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । विश्वब्यापी महामारी बनेको कोरोनाविरुद्धको खोप विश्वमै सबैभन्दा पहिला विकास गरेको दावी गर्दै आएको रुसले खोपको पहिलो खेप उत्पादन गरेको छ ।

केही मुलुकका वैज्ञानिकहरुले भने रुसलाई खोप उत्पादनका लागि हतारमा अनुमति दिएर त्यहाँको स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यमाथी खेलवाड गरेको भन्दै चिन्ता ब्यक्त गरेका छन । खोपको तेस्रो चरणको परीक्षण बिना नै उत्पादनको अनुमति दिइएको बीबीसीले उल्लेख गरेको छ ।

तेस्रो चरणको परीक्षणमा हजारौं मानिसहरुलाई सहभागी गराइन्छ । खोपले औपचारिक रुपमा मान्यता पाउने या नपाउने भन्ने विषयमा यो चरण निकै महत्पूर्ण मानिन्छ । तर रुसले भने यहि महिनाको अन्त्यसम्म खोप आउने र यो खोप विश्वकै पहिलो कोरोनाविरुद्धको खोप हुने दावी गर्न छाडेको छैन ।

राष्ट्रपति भ्लादिमिर पुटिनले पनि खोप बारे निकै जोड दिंदै यो भ्याक्सिन पूर्ण रुपमा सुरक्षित रहेको बताएका छन । आफ्नी छोरीलाई पनि यो खोप लगाइएको बताउँदै, खोप लगाएपछि छोरीलाई राम्रो महसुस भएको उनले जानकारी दिएका छन । उत्पादनसमेत सुरु गरिसकेको यो खोपको नाम रुसले ‘स्पुतनिक–५’ राखेको छ ।

स्पुतनिक अन्तरिक्षमा गएको पहिरो रसियाली भू–उपग्रहको नाम हो । ‘स्पुतनिक–५’ भ्याक्सिन विकास गरेको गामेलाय ईन्स्टिच्युटले डिसेम्बरदेखि जनवरीसम्म प्रति महिना ५० लाख डोज भ्याक्सिन उत्पादन गर्ने बताएको छ ।

अमेरिका, ब्राजिल, भारतलगायतका मुलुकहरु कोरोनाबाट अधिक मात्रामा प्रभावित छन । अमेरिका र ब्राजिलले त यो भ्याक्सिन प्रयोग नगर्ने घोषणा नै गरिसकेका छन । भारतले पनि यो खोप प्रयोग गर्ने नगर्ने बारे कुनै औपचारिक धारणा ब्यक्त गरिसकेको छैन । तर फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भने, ‘स्पुतनिक–५’ भ्याक्सिनमाथी पूर्ण रुपमा विश्वास ब्यक्त गर्दैै आफ्नो मुलुकमा लागु गर्ने बताएका छन ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १० : ५४ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब