काठमाडौं वडा नम्बर ३२ मा २ संक्रमित थपिए « Khabarhub

काठमाडौं वडा नम्बर ३२ मा २ संक्रमित थपिए


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरको वडा ३२ को सहयोगी नगरमा २ जना कोरोना संक्रमितको संख्या थपिएपछि वडामा संक्रमित बिरामीको संख्या ५५ पुगेको छ ।

यसमध्ये ४ जना संक्रमणमुक्त भएर फर्किएका छज् । बाँकी ५१ उपचाररत रहेको कार्यपालिका सदस्य हीरादेवी पोखरेलले जानकारी दिइन् ।

५१ उपचारमा रहेका बिरामीमध्ये १८ जना होम क्वारेन्टाइनमा छन् । कार्यपालिका सदस्य पोखरेल भन्छिन्- ‘सहयोगी नगर बस्ने ३५ बर्षिया डाइलोसिस गर्नु पर्ने एक एक महिलामा संक्रमण भएपछि उहाँलाई तत्काल अस्पताल लैजानु पर्ने अवस्था छ । उहाँ बस्ने ठाउँमा अन्य व्यक्ति पनि रहनुभएको, धेरै व्यक्तिका लागि एउटै शौचालय रहेको र आफैं पनि दीर्घ रोगको उपचारमा रहनुभएकोले उहाँलाई अस्पतालमा भर्ना गर्नुको बिकल्प छैन । उहाँले डाइलोसिस गरिरहनु भएको बीर अस्पतालमा संक्रमित बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको खवर प्राप्त भएको छ । हामीलाई त बिरामी व्यवस्थापन गर्न धौधौ भइ सक्यो ।’

पोखेरलका अनुसार ती महिला केही दिनअघिसम्म वडा १५ मा स्वयम्भू बहिनीको घरमा बसेर उपचार गराइरहेकी थिइन् । उनमा संक्रमण देखिएपछि स्वयम्भूमा रहेका बहिनीका परिवारमाथि पनि निगरानी गर्नु पर्ने भएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १ : ०६ बजे

स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री निशा मेहतासँग एसियाली

‘र्‍यानसमवेयर’ आक्रमणबाट जोगिन साइबर सुरक्षा ‘एडभाइजरी’ जारी

काठमाडौं– राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पछिल्लो समय सूचना प्रविधि प्रणालीमा

कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा

मकवानपुर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र

गगनसँग तीन अर्ब पैसा छ भनेपछि कान्छारामलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला कार्यसमितिका सभापति