काठमाडौं वडा नम्बर ३२ मा २ संक्रमित थपिए | Khabarhub Khabarhub

काठमाडौं वडा नम्बर ३२ मा २ संक्रमित थपिए


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरको वडा ३२ को सहयोगी नगरमा २ जना कोरोना संक्रमितको संख्या थपिएपछि वडामा संक्रमित बिरामीको संख्या ५५ पुगेको छ ।

यसमध्ये ४ जना संक्रमणमुक्त भएर फर्किएका छज् । बाँकी ५१ उपचाररत रहेको कार्यपालिका सदस्य हीरादेवी पोखरेलले जानकारी दिइन् ।

५१ उपचारमा रहेका बिरामीमध्ये १८ जना होम क्वारेन्टाइनमा छन् । कार्यपालिका सदस्य पोखरेल भन्छिन्- ‘सहयोगी नगर बस्ने ३५ बर्षिया डाइलोसिस गर्नु पर्ने एक एक महिलामा संक्रमण भएपछि उहाँलाई तत्काल अस्पताल लैजानु पर्ने अवस्था छ । उहाँ बस्ने ठाउँमा अन्य व्यक्ति पनि रहनुभएको, धेरै व्यक्तिका लागि एउटै शौचालय रहेको र आफैं पनि दीर्घ रोगको उपचारमा रहनुभएकोले उहाँलाई अस्पतालमा भर्ना गर्नुको बिकल्प छैन । उहाँले डाइलोसिस गरिरहनु भएको बीर अस्पतालमा संक्रमित बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको खवर प्राप्त भएको छ । हामीलाई त बिरामी व्यवस्थापन गर्न धौधौ भइ सक्यो ।’

पोखेरलका अनुसार ती महिला केही दिनअघिसम्म वडा १५ मा स्वयम्भू बहिनीको घरमा बसेर उपचार गराइरहेकी थिइन् । उनमा संक्रमण देखिएपछि स्वयम्भूमा रहेका बहिनीका परिवारमाथि पनि निगरानी गर्नु पर्ने भएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १ : ०६ बजे

‘माधव नेपालले आदेश दिनासाथ पार्टी किन छाड्ने ?’

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले

प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका

भारतद्वारा सिरियालाई मानवीय सहायता प्रदान

काठमाडौं– भारतले सिरियालाई मानवीय सहाता सामग्री प्रदान गरेको छ ।

कोही पनि माओवादी नेता दायाँबायाँ गरेर भाग्न पाउँदैनन् : वर्षमान पुन

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीभित्र उत्पन्न समस्या

करेन्ट लागेर एक बालकको मृत्यु

बैतडी– करेन्ट लागेर शनिबार एक बालकको मृत्यु भएको छ। मृत्यु