धारिलो हतियार प्रयोग गरी हत्या | Khabarhub Khabarhub

धारिलो हतियार प्रयोग गरी हत्या


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट – एक दलित युवकको धारिलो हतियारले हत्या गरिएको छ । स्थानीय गरुडा नगरपालिका –८ जिंगडिया गाउँका १७ वर्षीय निरञ्जन राम चमारको गए राति हत्या गरिएको प्रहरीले जनाएको छ ।

आज बिहान ६ बजे स्थानीयवासीले खबर गरेपछि जिंगडियाभन्दा करीब तीन सय मिटर पर वर्षाको पानीमा शव बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले घटनास्थल प्रहरीले सुरक्षित गरेको र तालीमप्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान शुरु गरिएको बताए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । व्यक्तिगत रीसइबीका कारण कसैले युवकको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ५ : ३३ बजे

‘परिवर्तन’को पोस्टरमा सुशीलको एङ्ग्री लुक्स, माघ ९ मा प्रदर्शन

काठमाडौं – नायक सुशील श्रेष्ठलाई एक्स अवतारमा प्रस्तुत गरिने भनिएको

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज

जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरियो

जुम्ला– कर्णाली प्रदेशको प्रसिद्ध धार्मिक मन्दिर जुम्लाको चन्दननाथ र भैरवनाथ

वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२–०८३ को दुई

पशुपतिमा नवरात्री महोत्सव

काठमाडौं– बडादसैँका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ