संक्रमितको सूचना स्थानीय तहलाई दिन मानवअधिकार आयोगको आग्रह « Khabarhub

संक्रमितको सूचना स्थानीय तहलाई दिन मानवअधिकार आयोगको आग्रह


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस संक्रमणबारे स्थानीय तहका जनप्रतिनिधिहरूलाई समयमै आवश्यक र यथेष्ट जानकारी गराउन आग्रह गर्दै सरकारलाई पत्र लेखेको छ ।

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको हो । आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईले आइतबार एक विज्ञप्ति जारी गरी उक्त कुरा जानकारी गराएका हुन् ।

कतिपय स्थानीय तहले आफ्नो क्षेत्रभित्र कहाँ र के कति संख्यामा संक्रमित रहेका छन् र परिवार तथा समुदायको संरक्षणका लागि के कस्तो पहल गर्नु पर्ने भन्ने जानकारी प्राप्त हुन नसकेको गुनासो गरेको आयोगको विज्ञप्तिमा जनाइएको छ ।

आफ्नो इलाकाभित्र कोरोना संक्रमण भएका व्यक्तिहरूको सूचना जनस्वास्थ्य कार्यालय तथा स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुन नसकेको गुनासो स्थानीय तहहरूको छ ।

आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन संक्रमणको अवस्थाका सन्दर्भमा जानकारी गराउँदा काठमाडौं लगायत अन्य ठूला शहरहरूको कुन क्षेत्र र व्यवसायका व्यक्तिहरूमा संक्रमण देखियो भन्ने प्रष्ट पार्न सुझाव दिएको छ । यसो गर्दा स्थानीय तहहरूलाई थप सजगता अपनाउन मद्दत मिल्ने आयोगको भनाइ छ ।

आयोगले संक्रामक रोग समुदायमा स्तरमा फैलिनबाट रोक्न तथा आम नागरिकको स्वास्थ्यको अधिकार र भयरहित वातावरणमा बाँच्न पाउने अधिकार संरक्षणका लागि संवेदनशील हुन पनि नेपाल सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ५ : ३४ बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान