धनुषामा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

धनुषामा थप एक कोरोना संक्रमितको मृत्यु


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धनुषाको जनकपुरधाममा रहेको एक निजी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर विजयकुमार झाले जानकारी दिए ।

डा. झाका अनुसार मृतक पुरुष जनकपुरधाम उपमहानगरपालिका–४ का ४३ वर्षका पुरुष हुन् । उनमा सुगरको समस्या थियो ।

उनलाई सुगरको लेवल बढेको र श्वसप्रश्वासमा समस्या देखिएपछि साउन ३० गते जनकपुर उपमहानगरपालिकामा रहेको काव्या अस्पतालमा लगिएको थियो ।

उनको सोही अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारकै क्रममा शनिबार बिहान ८ बजे मृत्यु भएको झाले बताए ।

उनको मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको डा झाले बताए ।

‘उहाँमा पहिलादेखि नै सुगरको समस्या रहेछ, सुगर लेवल उच्च भएको र श्वासप्रश्वासमा समेत समस्या भएपछि काव्या अस्पतालमा गरिएको थियो,’ डा झाले भने, ‘ उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा ३१ गते बिहान ८ बजे मृत्यु भयो । मृत्युपछि कोरोना परीक्षण गरिएकोमा अहिले रिपोर्ट पोजेटिभ आयो ।’

अस्पतालले उनको कोरोनाले मृत्यु भएको पुष्टि गरेपनि स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।

मन्त्रालयले पछिल्लो तथ्यांक अनुसार नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०४ पुगेको छ ।

कोरोनाले ज्यान गुमाउनेहरुको प्रदेशगत विवरण

प्रदेश नं. १ – ९ पुरुष,१ महिला

प्रदेश नं. २ – ३४ पुरुष, ११ महिला

बाग्मती प्रदेश- १३ पुरुष, ५ महिला

गण्डकी प्रदेश- ६ पुरुष

प्रदेश नं. ५ – १० पुरुष, ३ महिला

कर्णाली प्रदेश – ४ पुरुष

सुदूरपश्चिम प्रदेश- ५ पुरुष र ३ महिला

हालसम्म जम्मा ८१ पुरुष र २३ महिला गरी १०४ जनाको कोरोनाले मृत्यु भएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ६ : १४ बजे

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर

जेन-जी आन्दोलनपछि पहिलो पटक चार वामपन्थी पूर्वप्रधानमन्त्री एकै मञ्चमा

काठमाडौं- भदौ २३ र २४ गते देशमा भएको जेन-जी आन्दोलनपछि

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण