मकवानपुरमा जारी निषेधाज्ञा थपियो « Khabarhub

मकवानपुरमा जारी निषेधाज्ञा थपियो


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मकवानपुरमा जारी निषेधाज्ञा भदौ ९ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज एक सूचना जारी गर्दै निषेधाज्ञा थप गर्ने निर्णय गरिएको जानकारी गराएको हो ।

प्रशासनने हेटौँडा उपमहानगरपालिका भर र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा जारी निषेधाज्ञाको अवधिलाई थप गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा हस्ताक्षरित सूचनामा जिल्लाको कोभिड सङ्कट व्यवस्थापन समितिको सिफारिसमा निषेधाज्ञाको अवधि थप गरिएको उल्लेख छ ।

जारी निषेधाज्ञालाई थप कडाइ गरिने जनाइएको छ । मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ जसो बढ्न थालेपछि प्रशासनले अत्यावश्यक सेवाबाहेक सम्पूर्ण क्रियाकलाप निषेध गर्ने गरी सूचना जारी गरेको हो ।

सूचनाअनुसार हेटौँडाका खाद्यान्न, तरकारी, फलफूल लगायतका पसल बिहान ५ः०० बजेदेखि ८ः०० बजेसम्म खोल्न पाइने छ । औषधि पसल विगत जसरी नै सञ्चालन गर्न पाइने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ६ : १३ बजे

रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

रसुवा– विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि

पृथ्वी राजमार्ग खुलेसँगै गन्तव्यतर्फ लागे काठमाडौंमा अड्किएका सवारी (तस्बिरहरू)

काठमाडौं– निरन्तरको वर्षा र राजमार्गमा आएको अवरोधपछि काठमाडौंमा अड्किएका मालवाहक

चार दिनपछि खुल्यो बीपी राजमार्ग

काभ्रेपलाञ्चोक- अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग

नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ

काठमाडौं– असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवनको

अमेरिका–इरान सम्झौतामा अझै मतभेद

न्युयोर्क- इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै