किन ट्रोल भइरहेकी छिन् आँचल ? « Khabarhub

किन ट्रोल भइरहेकी छिन् आँचल ?


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही समययता एकपछि अर्को गर्दै नेपाली फिल्म क्षेत्रका कलाकारहरु विवादमा फस्ने गरेका छन् । वर्षा राउत, दीपाश्री निरौला, पूजा शर्मा लगायतका कलाकार यसअघि विवादमा तानिएका थिए ।

सामाजिक सञ्जालमा पनि यी कलाकारलाई ट्रोलिङ बनाइयो ।

यतिबेला भने अर्की कलाकार आँचल शर्मालाई सामाजिक सञ्जाल प्रयोगकर्ताले तारो बनाएका छन् ।

आँचल यत्तिकै विवादमा भने आएकी होइनन् । उनले एक अन्तर्वार्ताका क्रममा महिलाहरुले टिकटकमा हात हल्लाएर पनि आफ्नो कला देखाउन सक्ने बताएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘केटीहरु टिकटकै बनाए पनि क्रियटिभ हुन्छन्, किनकि दिमाग चलाएको हो नि, क्रियटिभ दिमाग त्यत्तिकै चल्दैन ।’

उनले केटाहरुले पब्जी खेल्ने तर युवतीहरु टिकटक बनाउने गरेको बताएकी थिइन् ।

आँचलको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनलाई ट्रोल बनाइएको छ । ‘हात चलाउन जान्दैमा कोही क्रियटिभ नहुने’ भन्दै उनलाई मजाकमा उडाइएको छ ।

उनले सानैदेखि केटाहरु पब्जी खेल्न थाल्ने र केटीहरु टिकटक बनाउने थाल्ने देखिएको बताएकी थिइन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १ : ४० बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ