तीन दिन अधिकांश स्थानमा वर्षा हुने पूर्वानुमान | Khabarhub Khabarhub

तीन दिन अधिकांश स्थानमा वर्षा हुने पूर्वानुमान


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबारसम्म देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए ।

‘ शुक्रबारसम्म राति तथा बिहानीपख बढी वर्षा हुने गर्दछ, यो मनसुन अन्त्य हुने पूर्वको क्रियाकलाप हो’, मौसमविद् पौडेलले भने ।

मनसुन अन्त्य हुने औसत समय सेप्टेम्बर २३ भएकाले अब नेपालमा एक साता मनसुन सक्रिय हुन सक्ने उनले बताए ।

हाल देशभर सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव आठ र अधिकतम तापक्रम २८ दशमलव तीन डिग्री सेल्सियस छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३५ दशमलव दुई डग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ४ : १२ बजे

हालको अवस्थामा चुनावको विकल्प छैन : हितबहादुर तामाङ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री

कर्णाली प्रदेशसभा भवन पुनर्निर्माण गर्न मुख्यमन्त्रीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसभा भवन पुनर्निर्माण

चीनसँग गरिने सम्झौताका लागि ताइवानको साथ छाडिन्न : विदेशमन्त्री रुबियो

जेरुसलेम- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चीनसँग गरिने सम्झौताका लागि ताइवानको

सरकार, राजनीतिक दल र ‘जेन-जी’ प्रतिनिधिबीच छलफल हुँदै

काठमाडौं– निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल