ओमानका प्रबर्द्धनमन्त्री र राजदूत ढकालबीच भेटवार्ता « Khabarhub

ओमानका प्रबर्द्धनमन्त्री र राजदूत ढकालबीच भेटवार्ता



दोहा- ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र  त्यहाँका व्यापार, उद्योग तथा लगानी प्रवर्द्धनमन्त्री काइस मोहम्मद अल युसुफबी भेटवार्ता भएको छ ।

भेटमा राजदूत ढकालले नवनियुक्त व्यापार, उद्योग तथा लगानी प्रबर्द्धन मन्त्रीलाई बधाई तथा शुभकामना दिएकी छन्।

राजदूत ढकालले व्यापार प्रवर्द्धनमन्त्रीसँग नेपालको वर्तमान स्थिर राजनीति, अर्थतन्त्र तथा सुमधुर सामाजिक परिवेशले बैदेशिक लगानीको बातावरण तयार भएकाले त्यसबाट ओमानले पनि लाभ लिन सक्ने जानकारी गराएकी छन्।

उनले नेपालमा वैदेशिक लगानीको उचित वातावरण भएको,  जलविद्युत, भौतिक पूर्वाधार, कृषि, उद्योग एवं पर्यटन क्षेत्रमा लगानी गर्न ओमानलाई अनुरोध गरेकी छन्।

मन्त्री युसुफले नेपालको जलविद्युत तथा कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताएको राजदूत ढकालले बताइन् ।

छलफलमा ओमानका व्यापार, उद्योग तथा लगानी प्रवर्द्धन मन्त्रालयका सचिव असिलाह विन्ट सलिम अल स्याम्समीको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ९ : ५४ बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने