मिर्गौला पीडित बालिकालाई फेसबुक ग्रुप ‘श्रीमती संगठन’को ४१ हजार सहयोग « Khabarhub

मिर्गौला पीडित बालिकालाई फेसबुक ग्रुप ‘श्रीमती संगठन’को ४१ हजार सहयोग


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  सामाजिक सञ्जाल फेसबुकमा खोलिएको ग्रुप ‘श्रीमती संगठन’ले झापाकी एक मिर्गौला पीडित बालिकालाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

झापाको दमक ९ की मिर्गौला रोगी निसा बिकलाई ग्रुपले ४१ हजार १६५ रूपैयाँ सहयोग गरेको हो ।

डेढ वर्षदेखि दुबै मिर्गौलामा समस्या भएर उपचाररत १२ वर्षीया निसालाई ग्रुपका तर्फबाट दमककै रेवता न्यौपाने र विष्णु भण्डारीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

दमकस्थित समता स्कूलमा कक्षा ५ मा अध्ययनरत निसाको दुबै मिर्गौलामा समस्या आएपछि अध्ययनसमेत प्रभावित हुँदै आएको छ । निसाका बुबा रेश बहादुर र आमा सुमित्रा मजदुरी गरेर जीविका चलाउँदै आएका छन् ।

विपन्न अवस्थाकी निसाको उपचारका लागि १० लाख रूपैयाँ लाग्ने परिवारजनले बताउँदै आएका छन् ।

निसाको उपचारमा ठूलो रकम आवश्यक पर्ने भए पनि ‘श्रमती संगठन’ ले थोरै रकम भए पनि केही सहयोग मिलोस् भनेर रकम संगठनकी सदस्य न्यौपानेले जानकारी दिइन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ६ : ०१ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय