विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो « Khabarhub

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर कोरोनाले भाइरसले मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख २ हजारभन्दा बढी पुगेको छ ।

यस्तै विश्वभरका ३ करोड ९१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख हाराहारी मानिस संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ९१ लाख ५० हजार ७५० पुगेको छ ।

संक्रमितमध्ये २ करोड ९३ लाख ६२ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४१ हजारभन्दा बढी संक्रमण मुक्त भएका छन् ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८२ लाख नाघेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७३ लाख  ६५ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५१ लाख ७० हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३५ हजार जनाको मृत्यु भएको छ । ६५ लाख ७२ हजार ४५२ जना संक्रमित भएकोमा ३१ लाख २२ हजार ५०३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ६ : १६ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार