थाइल्याण्डमा संकटकाल घोषणा « Khabarhub

थाइल्याण्डमा संकटकाल घोषणा


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- थाइल्याण्डमा राजाविरोधी नाराबाजी र प्रदर्शन चर्किएपछि सरकारले संकटकाल घोषणा गरेको छ।

थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहले राजाविरूद्ध नाराबाजी गरेका छन् ।

राजधानी बैंककमा नै राजाविरोधी नारा लागेपछि सरकारले देशभर संकटकालको घोषणा गरेको हो ।

शान्तिपूर्ण प्रदर्शन तथा ठूला भेला रोक्न कडा संकटकालीन आदेश जारी गरेको विपक्षी नेताहरूले बताएका छन् ।

विपक्षी समूहले प्रहरीले केही प्रभावशाली नेतासहित २० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको बताएको छ । नागरिक अधिकारको लागि भन्दै उनीहरूले बिहीबार बिहानैदेखि प्रदर्शन गरेका थिए ।

तस्वीर : ईपीए

प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरिएको जनाएको छ । राष्ट्रिय प्रहरी प्रवक्ता यिङग्युस थप्जुमनोङले भने, ‘आन्दोलनकारीले आफ्ना गतिविधिलाई हिंसात्मक बनाएपछि शान्ति तथा सुव्यवस्था कायम गर्न कम्तीमा २२ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखिएको छ । आवश्यक अनुसनधानपछि उनीहरूलाई रिहा गरिनेछ ।’

थाइल्याण्डमा राजतन्त्र र राजपरिवारविरुद्ध बोल्न वा लेख्न नपाइने कानूनी व्यवस्था भएपनि प्रदर्शनकारीहरूले राजा महा वाचिरालङ्कनविरूद्ध नारावाजी गरेपछि सरकारले शान्ति र सुव्यवस्था कायम गर्न सङ्कटकाल लगाउनु परेको बताएको छ ।

प्रजातन्त्रका लागि भनी गर्दै आएको आन्दोलन थप हिंसात्मक बन्ने देखेपछि देशमा सङ्कटकाल लगाउनुको विकल्प नदेखिएको सरकारी अधिकारीले दावी गरेका छन् ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा र राजाको अधिकार कटौतीको माग गर्दै प्रदर्शन भएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ९ : ३० बजे

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक