जो बाइडेनविरूद्धको लेख ट्वीटमा रोक लगाइएपछि ट्वीटर प्रमुखलाई केरकारको तयारी « Khabarhub

जो बाइडेनविरूद्धको लेख ट्वीटमा रोक लगाइएपछि ट्वीटर प्रमुखलाई केरकारको तयारी


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको डेमोक्र्याटिक दलका राष्ट्रपति उम्मेदवार जो बाइडनका आलोचनायुक्त समाचार विवरण प्रकाशन गर्न ट्वीटरले रोकेपछि रिपब्लिकन नेताहरू रूष्ट भएका छन् ।

बुधवार ट्वीटरले न्यूयोर्क पोस्टको लेख राख्न रोकेपछि ट्वीटरका प्रमुख ज्याक डोर्सीलाई केरकार गर्नेसमेत रिपब्लिकन सिनेटरहरूले जनाएका छन् ।

न्यूयोर्क पोस्टको लेखमा बाइडनको छोरा हन्टरसँगको इमेल तथा तस्बिरहरू समावेश भएपछि त्यसलाई ट्वीटरले रोकेको थियो ।

ती रिपोर्टमा ह्याक गरिएका सामग्री तथा निजी जानकारी रहेकाले ट्वीटरमा प्रकाशन गर्न रोकिएको जनाएको छ ।

उक्त लेखमा जो बाइडनका छोरा हन्टर बाइडनले पठाएका तथा प्राप्त गरेका इमेलहरूका स्क्रीनशट रहेका छन् ।

तिनमा हन्टर बाइडनका व्यक्तिगत फोटोहरू पनि छन् जुन उनले ल्यापटप मर्मत गर्न दिँदा झिकिएको ठानिएको छ।

त्यो लेखमा सन् २०१५ को एप्रिलमा युक्रेनको ऊर्जा कम्पनीका एक सल्लाहकारले हन्टरलाई पठाएको इमेल रहेको छ जसमा उनले जो बाइडनलाई भेट्न वाशिङ्गटन आउन निम्तो गरेकोमा हन्टरलाई धन्यवाद दिएका छन्।

तर, सो लेखमा उक्त बैठकपछि साँच्चिकै भेट भयो वा भएन भन्ने खुलाइएको छैन। ट्वीटरका प्रमुख डोर्सीले आफ्नो संस्थाको निर्णय राम्रो ढङ्गले बुझाउन नसकिएको बताएका छन् ।

तर, ट्वीटरको उक्त निर्णयसँगै सिनेटको न्यायिक समितिका अध्यक्ष लिन्ड्से ग्राहमले अर्को साता डोर्सीलाई सोधपुछका निम्ति बोलाउने तयारी भएको जनाएका छन् ।

अर्का रिपब्लिकन सिनेटर टेड क्रुजले ट्वीटरको कदमलाई निर्वाचनमा हस्तक्षेपको सङ्ज्ञा दिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १० : ४९ बजे

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट

शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा