४ सय करोडको बजेटमा बन्ला प्रभासको ‘आदिपुरुष’ ? « Khabarhub

४ सय करोडको बजेटमा बन्ला प्रभासको ‘आदिपुरुष’ ?


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बाहुबली अभिनेता प्रभासको प्रतीक्षित फिल्म ‘आदिपुरुष’ चर्चामा छ । यो फिल्ममा पहिलोपटक प्रभास, अजय देवगन र सैफ अली खानले स्क्रिन शेयर गर्दैछन् ।

कोरोना भाइरस र लकडाउनपछि निर्माण हुने महंगो भारतीय फिल्मका रुपमा पनि यसलाई हेरिएको छ ।

पौराणिक कहानीमा आधारित यो फिल्ममा प्रभासले भगवान रामको भूमिका निभाउँदैछन् । यस्तै फिल्ममा सैफ अली खानले रावणको र अजय देवगनले शिवको भूमिका निभाउनेछन् ।

खबरका अनुसार यो फिल्म ४ सय करोड बजेटमा निर्माण हुनेछ ।

फिल्मको स्क्रिप्टमा मात्र लामो समय लगाइएको छ । यो फिल्म ३ सय ५० करोडदेखि ४ सय करोडको लगानीमा निर्माण हुने जनाइएको छ ।

यद्यपि यसबारेमा आधिकारिक जानकारी भने दिइएको छैन ।

यो फिल्ममा भीएफएक्सको पनि उत्तिकै प्रयोग गरिनेछ । भीएफक्स बढी गरिने हुँदा फिल्मको बजेट पनि बढ्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १२ : १० बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको