पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रधानमन्त्री ओलीको जवाफ– अर्बौ बाडेर खाने हर्कत हामी गर्न सक्दैनौँ | Khabarhub Khabarhub

पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रधानमन्त्री ओलीको जवाफ– अर्बौ बाडेर खाने हर्कत हामी गर्न सक्दैनौँ


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘बूढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने अभिब्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन्।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दिएको अभिव्यक्तिको ६५औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै खण्डन गरेका हुन्।

प्रधानमन्त्रीले भने, ‘नेपाल सरकारले भ्रष्टाचारविरुद शुन्यसहनशिलताको नीति लिएको छ। केही गैरजिम्मेवार तत्वहरुले गैरजिम्मेवार तरिकाले बोलेर हिडेको पनि मैले सुनेको छु।’

उनले भने, ‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यारम्भ नभएको आयोजनामा पूर्वप्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री समेतले यति अर्ब बाडेर खाए भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु।’

उनले भने, ‘हामी त्यस्तो गैरजिम्मेवार र अनैतिक हुन सक्दैनौ, त्यस्ता हर्कत हामी गर्न सक्दैनौँ।’

डा. भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओली र प्रचण्ड सहितका ठूला नेताले बूढीगण्डकी आयोजनाको अर्बौ रकम बाँडेर भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १२ : ४७ बजे

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

सिमकोट– बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा

केही स्थानमा मध्यम र भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं – नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको

सहज छैन खरानीको थुप्रोमा शासन

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका