कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीमा लक्षण देखिए वा रिपोर्ट पोजेटिभ आएमात्र क्वारेन्टिन बस्न पाउने « Khabarhub

कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीमा लक्षण देखिए वा रिपोर्ट पोजेटिभ आएमात्र क्वारेन्टिन बस्न पाउने


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ का बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोनाको लक्षण देखिएमा वा रिपोर्ट पोजेटिभ आएमा मात्र क्वारेन्टिन वा आइसोलेसनमा बस्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका प्रमूख डाक्टर समिरकुमार अधिकारीले सबै अस्पतालहरुलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयको असोज २९ गते सचिवस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा लक्षण देखिएमा वा कोरोना पोजेटिभ आएमा मात्र क्वारेन्टिन वा आइसोलेसनमा बस्न पाइने व्यवस्था गरेको हो ।

यसअघि कोभिड अस्पतलमा खटिने चिकित्सकहरु एकसाता वा १५ दिनको लगातारको ड्युटीपछि दुई साता पुन क्वारेन्टाइनमा बस्ने गरेका थिए ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालहरु अहिले संक्रमितले भरिएका छन् । कोरोना संक्रमितको व्यवस्थापनका लागि स्वास्थ्यकर्मी तथा अस्पतालका जनशक्ति अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १ : ४२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब