कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीमा लक्षण देखिए वा रिपोर्ट पोजेटिभ आएमात्र क्वारेन्टिन बस्न पाउने « Khabarhub

कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीमा लक्षण देखिए वा रिपोर्ट पोजेटिभ आएमात्र क्वारेन्टिन बस्न पाउने


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ का बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोनाको लक्षण देखिएमा वा रिपोर्ट पोजेटिभ आएमा मात्र क्वारेन्टिन वा आइसोलेसनमा बस्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका प्रमूख डाक्टर समिरकुमार अधिकारीले सबै अस्पतालहरुलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयको असोज २९ गते सचिवस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा लक्षण देखिएमा वा कोरोना पोजेटिभ आएमा मात्र क्वारेन्टिन वा आइसोलेसनमा बस्न पाइने व्यवस्था गरेको हो ।

यसअघि कोभिड अस्पतलमा खटिने चिकित्सकहरु एकसाता वा १५ दिनको लगातारको ड्युटीपछि दुई साता पुन क्वारेन्टाइनमा बस्ने गरेका थिए ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालहरु अहिले संक्रमितले भरिएका छन् । कोरोना संक्रमितको व्यवस्थापनका लागि स्वास्थ्यकर्मी तथा अस्पतालका जनशक्ति अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १ : ४२ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको