मध्यपूर्वी देशसँग नेपालको सम्बन्ध श्रम क्षेत्रमा मात्रै सीमित हुनेछैन : परराष्ट्रमन्त्री « Khabarhub

मध्यपूर्वी देशसँग नेपालको सम्बन्ध श्रम क्षेत्रमा मात्रै सीमित हुनेछैन : परराष्ट्रमन्त्री


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अब मध्यपूर्वी देशहरुसँग नेपालको सम्बन्ध श्रम क्षेत्रमा मात्रै सीमित नरहने बताएका छन्।

शुक्रबारदेखि शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वको सातौं क्षेत्रीय भेलाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले मध्यपूर्वी देशहरुलाई श्रम गन्तब्यका रुममा मात्रै सीमित नराख्ने बताएका हुन्।

मन्त्री ज्ञवालीले भने, ‘अहिलेसम्म मध्यपूर्व क्षेत्र हाम्रा लागि एउटा प्रमुख श्रम गन्तव्यका रुपमा रहेको छ। नेपाल श्रमिक आपूर्ती मात्रै गर्ने भनेर जसरी फिचरिङ भएको छ। यो परिभाषालाई हामीले बदल्न चाहिरहेका छौँ ।’

मन्त्री ज्ञवालीले भने, ‘अब नेपाल र मिडिलइष्टको सम्बन्ध श्रम क्षेत्रमा मात्रै सीमित रहनेछैन। बिस्तृतिकरण गर्दै लैजाने छौ ।’ श्रम क्षेत्रसँग मात्रै नभइ पर्यटन, लगानी र निर्यात व्यापारको नयाँ सन्दर्भबाट नेपालले सम्बन्ध अगाडि बढाउन चाहेको उनको भनाइ छ ।

उनले कोरोना महामारीको बेला मध्यपूर्वमा कार्यरत नेपालीहरुले भोग्नु परेको समस्या समाधानमा एनआरएनएका प्रतिनिधिले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संघको प्रशंसा समेत गरे। ‘संकटको अग्नि परीक्षामा एनआएनए साँच्चिकै पास भएको छ। संकटको बेला नेपाली श्रमिकहरुप्रति संघले खेलेको भूमिका सह्रानीय छ,’ उनले भने।

उनले कोरोनाका कारण विदेशमा रोजगारी प्रभावित भइ समस्यामा परेका १ लाख ३० हजारभन्दा बढी नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकार सफल भएको बताए । अझै विभिन्न मुलुकमा समस्यामा परेका २६ हजार ३१३ जना नेपाली फर्काउनु पर्ने सूचीमा रहेको उनको भनाइ छ ।

एनआरएनए र दूतावासको सहयोग र समन्वयमा नेपाली फर्काउन सम्भव भएको उनले बताए। विदेशमा रोजगारी गुमाएर फर्किएका युवाहरुलाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्नेतर्फ पनि नेपाल सरकारले गृहकार्य गरिरहेको उनको भनाइ थियो ।

‘गैरआवासीय नेपालीहरुको आजको आवश्यकता, स्वास्थ सुरक्षा, सहज फिर्ती एवंम रोजगारी, सामाजिक पुर्नस्थापनाको सुनिश्चिता’ भन्ने मुल नारा नारासहित आयोजना गरिएको भेला भर्चुअल माध्यमबाट दुई दिनसम्म चल्नेछ।भेला एनआरएनएका मध्यपूर्व संयोजक प्रविण गुरुङको अध्यक्षतामा शुरु भएको हो।

त्यस्तै भेलामा श्रममन्त्री रामेश्वर राय यादव तथा एनआरएनएका उच्चस्तरीय पदाधिकारीहरुको समेत सहभागीता रहेकाे छ।

भेला विशेषतः वैदेशिक रोजगारीका लागि मध्यपूर्वी देशहरूमा कार्यरत नेपाली कामदारले भोग्दै आएको समस्या, विदेशमा आर्जन गरेको सीप र पुँजीलाई स्वदेशमा लगाउन तथा मध्यपूर्वको लगानी स्वदेशमा कसरी भित्र्याउन सकिन्छ भन्नेमा केन्द्रित रहनेसंयोजक गुरुङको भनाइ छ।

त्यस्तै कोरोना महामारीको कारणले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पारेको असर, घरफिर्ती, रोजगारी र पुनएकीकरण पनि भेलाको मुख्य एजेण्डा रहेको गुरुङले बताए ।

मध्यपूर्वी देशहरूमा इजिप्ट, इराक, जोर्डन, कुवेत, लेबनान, ओमन, बहराइन कतार, साउदी अरेबिया र यूएई पर्दछन्। यहाँ करिव ९० प्रतिशत नेपाली श्रमीकहरु कार्यरत छन्।

भेला एनआरएनए राष्ट्रिय समन्वय परिषद् कतारको संयोजनमा आयोजना गरिएको हो । यसअघि छैटौँ मध्यपूर्व क्षेत्रीय भेला यूएईको दुबईमा आयोजना गरिएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ३ : २१ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति