जेसिबी एनएक्सटी २२१ एलसी सार्वजनिक « Khabarhub

जेसिबी एनएक्सटी २२१ एलसी सार्वजनिक


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि जेसिबी ब्रान्ड हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले भर्चुअल प्रविधिमार्फत नयाँ एक्जाभेटर जेसिबी एनएक्सटी २२१ एलसी सार्वजनिक गरेको छ ।

कोभिड–१९ ले निम्त्याएको जोखिमलाई दृष्टिगत गरेर कम्पनीले जेसिबी नेपालको फेसबुक पेजमा लाइभ लञ्च गरेको हो ।

एक्जाभेटर नेपालको कठोर भू–वनोटलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीले बताएको छ । यसमा ‘नेक्स्ट लेभल फिचर’ हरू पनि राखिएको छ । जेसिबी एनएक्सटी २२१ एलसी २१ दशमलव ५ टनको शक्तिशाली एक्जाभेटर हो । यसले १३०० आरपीएममा अधिकतम ५७१ एनएम टर्क उत्पन्न गर्छ ।

पावर बुस्ट फिचरसहितको यो मेकानिकल मेसिनमा प्रयोग भएको हाइड्रोलिक सिस्टमले ९ प्रतिशतसम्म बढी प्रेसर उत्पन्न गर्छ । बेलायती इन्जिनियरिङमा बनाइएको यो मेसिनमा विश्वस्तरीय प्रविधि जडान गरिनुका साथै १.०२ क्युबिक मिटरको हेभी ड्युटी बकेट जडान गरिएको कम्पनीले जनाएको छ ।

यसमा बुम, आर्म र बकेट सिलिन्डरमा एचआरएस (हाइड्रोलिक रिजेनेरेटिभ सिस्टम) रहेको छ । बुममा रहेको ग्रयाफाइटले ग्रिजिङ इन्टरभललाई बढाएर १००० घन्टासम्म पुर्याउँछ ।यसमा ७ इन्चको एलसीडी डिस्प्ले छ, जसले इन्धनको मात्रा, इन्जिन स्पिड, अपरेटिङ मोड, ट्रिप मिटर, मेन्टेनेन्स इन्फोर्मेसन, ब्रेकर एन्ड बकेट आवर मिटर र सर्भिसिङ वार्निङ एलर्टजस्ता जानकारी दिन्छ । एक्जाभेटरमा एड्भान्स्ड टेलेम्याटिक सिस्टम लाइभ लिंक जडान गरिएको छ, जसले सर्भिस, अपरेसन र सेक्युरिटीबारे जानकारी राख्छ ।

यो मेसिनमा १० वटा वर्किङ मोड, आरामदायी र खुला क्याबिन, शक्तिशाली एसी क्याबिन, डिलक्स अपरेटर सिट, रोटरी स्विच कन्ट्रोलजस्ता फिचर छन् । ३६६० एमएम लामो ट्रयाक लेन्थ र ४४६० एमएम अन्डर क्यारिज ओभरअल लेन्थ भएको यो मेसिन बढी ‘स्टेबल’ छ । हाइड्रोलिक आयलको आयु पाँच हजार घन्टा र हाइड्रोलिक फिल्टरको आयु एक हजार किलोमिटर छ । फ्युल इफिसेन्सीका लागि यसको ‘अटो आइडल’ लाई पाँचदेखि ३० सेकेन्डसम्म एड्जस्ट गर्न मिल्छ ।

साथै, यसमा इरर कोड र मल्टिकलर वार्निङ एलर्टसहित एड्भान्स्ड सेल्फ डायग्नोसिस सिस्टम पनि छ । यस सिस्टमले ब्रेकर ओभरयुज, स्विङ लक, हाइड्रोलिक एक्युमुलेटर, इन्जिन एन्ड हाइड्रोलिक ओभरहिटजस्ता सूचना दिन्छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ३ : ४८ बजे

अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अप्रिल महिनामा एक लाख सात

पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धि कसुरमा पुनः पक्राउ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस

काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा