नेकपा वरिष्ठ नेता खनाल अस्पतालबाट डिस्चार्ज  « Khabarhub

नेकपा वरिष्ठ नेता खनाल अस्पतालबाट डिस्चार्ज 


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

खनालले फेसबुक स्टाटस लेख्दै आफू अस्पतालबाट डिस्चार्ज भएको र स्वास्थ्य अवस्था सामान्य बताएका हुन् ।

गत असोज २८ मा रक्तचाप बढेपछि नेता खनाल धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।

‘अस्पतालका डाक्टरहरूको निरन्तरको राम्रो उपचारपछि अहिले मेरो स्वास्थ्य सामान्य अवस्थामा रहेको छ र म आज अस्पतालबाट डिस्चार्ज भएको छु,’ खनालले भनेका छन् ।

खनालले स्वास्थ्य उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी टिमप्रति आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ७ : ०७ बजे

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक

आन्तरिक कलहले भत्किएका थिए बहुमतका चार सरकार

काठमाडौं– यतिबेला मुलुक फागुन २१ गते हुने निर्वाचनमय बनेको छ

नेप्से परिसूचक २० अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ

फ्रान्ससँग अहिलेसम्मकै ठूलो सैन्य सम्झौता : भारतले किन्दैछ ११४ अत्याधुनिक राफेल लडाकु जेट

मुम्बई- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनबीच

निजी शिक्षामैत्री ऐन ल्याउन पहल गर्ने हिसानको घोषणा

काठमाडौं– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले