नियमित पूजा बाहेक भक्तजनकाे लागि मन्दिर तथा शक्तिपीठ नखाेल्न आग्रह « Khabarhub

नियमित पूजा बाहेक भक्तजनकाे लागि मन्दिर तथा शक्तिपीठ नखाेल्न आग्रह


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयले दशैँको बेला मन्दिर तथा शक्तिपीठहरु नियमित पूजा गर्नबाहेक भक्तजनको लागि खुला नगर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्दिर तथा शक्तिपीठहरुमा भिडभाड हुँदा कोभिड १९ सङ्क्रमणको जोखिम झनै बढ्ने भएकाले नियमित पूजाबाहेकमा रोक लगाइएको जानकारी दिए ।

मन्दिरमा भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरिरहेकाले त्यसको कार्यान्वयनका लागि गृह मन्त्रालयले सहयोग गर्ने उनले बताए ।

बडादशैँको बेला विभिन्न शक्तिपीठहरुमा विशेष पूजाआजा गरिन्छ र धेरै सङ्ख्यामा भक्तालुहरु पुग्ने गर्छन् । त्यसैले मन्दिरहरुमा हुन सक्ने भिडभाडलाई ध्यान दिँदै सरकारले नियमित पूजाआजा बाहेकका सबै धार्मिक र सांस्कृतिक गतिविधि गर्नमा रोक लगाएको हो ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ६ : १० बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको