‘टीभीएस दशैंको आशा’ स्किमअन्तर्गतको विजेता घोषणा « Khabarhub

‘टीभीएस दशैंको आशा’ स्किमअन्तर्गतको विजेता घोषणा


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टीभीएस दशैंको आशा योजनाअन्तर्गत यस हप्ताको गोलाप्रथाबाट गणेशप्रसाद गौतमले टीभीएस अपाचे आरआर ३१० मोटरसाइकल जितेका छन्।

जगदम्बा मोटर्सले हरेक हप्ता गोलाप्रथाबाट विजेता घोषणा गर्दै आएको छ। त्यसै अन्तर्गत गौतम यस हप्ताको विजेता बनेका हुन्।

बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्न सक्ने आरआर ३१० टीभीएसकै सबैभन्दा महँगो मोटरसाइकल हो।

‘‘यस योजनामा सहभागिता जनाउन टीभीएसको मोटरसाइकल खरिद गरेकै हुनुपर्ने भन्ने छैन,’’ कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘‘हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले पनि टीभीएसनेपाल डटकम/दसैँ मा गएर फाराम भर्नुपर्ने छ। जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन्।’’

कम्पनीले टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा नौ हजार र स्कुटरको खरिदमा सात हजार रूपैयाँ नगद छुट प्राप्त गर्न सक्ने जनाएको छ। साथै, ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरको सुविधासमेत पाउनेछन्। यी दुईमध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस टू-ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो। नेपालभर १०० भन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरूको मन जित्न सफल भएको कम्पनीको दाबी छ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ६ : २७ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : ९० हजार मतपेटिकाको व्यवस्था

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो, जोरालाई मौका

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले

टी–२० विश्वकपबाट बाहिरियो अष्ट्रेलिया

काठमाडौं– अष्ट्रेलिया आईसीसी टी–२० विश्वकपबाट बाहिरिएको छ। जिम्बाब्वे र आयरल्यान्ड

काठमाडौं-तराई द्रुतमार्ग : खोकनाको विकल्प खोज्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई-मधेस द्रुतमार्गको प्रस्थान विन्दु खोकनाको विवाद