सामा चकेवा पर्वको तयारी सुरू « Khabarhub

सामा चकेवा पर्वको तयारी सुरू


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाको तयारी सुरू भएको छ ।

सामा चकेवाका लागि आजदेखि माटोको आकृति बनाउन सुरू भएको छ । सामा चकेवा दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्छन् ।

यो पर्व द्वितीया तिथिदेखि पूर्णिमासम्म मनाइन्छ ।

द्वितीया तिथिका दिन सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरूको आकृति बनाउने कार्यलाई तीव्रता दिने चलन रहेको छ ।

मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति  हुन्छन् ।

संस्कृतिविद् रामभरोस कापडी मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामा चकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको बताउँछन् ।

के छ सामा चकेवामा ?

सामा स्त्री र चकेवा पुरूष पात्र हुन् । दुइटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ ।

त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ । सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरू मनोरञ्जन गर्दछन् ।

छठको खरना वा पारणदेखि मैथिल ललनाहरू माटोको आकृतिहरू बनाई राति एउटा ढक्कीमा राखी दीप बाली घरबाट बाहिर अन्य साथीहरू मिलेर गीत गाउँदै चौरमा गई यो पर्व मनाउने गर्दछन् ।

परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ ।

चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पति पत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ ।

यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ । यसमा सामा चकेवालगायत चुगला, ढोलिया, भरिया,  सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्र हुन्छन् ।

सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदी बहिनीले मनोवाञ्छित फल प्राप्तिको कामना गर्दछन् । मूर्तिहरूलाई चलायमान गरी संवादको आनन्द उठाउँछन् ।

यसमा कुनै बेला वृन्दावनमा आगो लगाउँछन् र कुनै बेला चुगलाको मुख आगोले पोल्छन् । डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन् जब महिलाहरू त्यसलाई पात्रका रूपमा उभ्याएर गीति संवाद बोल्छन् ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  १० : ३० बजे

राइडरको बाइकमा ‘ह्विल लक’, नगर प्रहरीसँग भनाभन भएपछि आत्मदाहको प्रयास

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको

नेकपाका ६ नेता एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्न सरकार तयार : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालका ठूला

पश्चिमा शक्तिले नेपाललाई चीनविरोधी अखडा र युक्रेन बनाउने षड्यन्त्र गरे : ऐन महर

काठमाडौं- तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिन मनाउन

टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा