महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैनः विश्व स्वास्थ्य संगठन प्रमुख « Khabarhub

महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैनः विश्व स्वास्थ्य संगठन प्रमुख


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा – विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमबार बताएका छन् ।

महामारीले कैयौ महिनादेखि विश्वलाई प्रभावित पार्दै आएको छ र अहिलेसम्म पाँच करोड ४० लाख भन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने १३ लाखभन्दा बढी व्यक्तिको जीवन गुमिसकेको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानम घेब्रेयससले भने, “खोप महामारी नियन्त्रणका लागि हामीसँग रहेका अन्य उपायमा एक सहायक भूमिका खेल्ने हो । यसले उनीहरूलाई विस्थापित गर्न सक्दैन । खोप आँफैले मात्र महामारीलाई अन्त्य गर्न सक्दैन ।”

विश्व स्वास्थ्य संगठनको शनिबारको तथ्याङ्क अनुसार विश्वमा गत शुक्रबारको २४ घण्टामा छ लाख ४५ हजार ४१० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र यस पहिलेको सङ्क्रमितको उच्चतम सङ्ख्या नोभेम्बर ७ मा छ लाख १४ हजार १३ पुगेकोमा यो रेकर्ड शुक्रबार तोडिएको हो ।

टेड्रोसले खोपको आपूर्ति सुरुमा नियन्त्रितरूपमा वितरण हुने र यसको प्राथमिकतामा स्वास्थ्यकर्मी, उमेर घर्केका (पाका) व्यक्ति र अन्य जोखिममा रहेको जनसङ्ख्या रहनुपर्ने बताए । यसबाट सङ्क्रमितको मृत्युदरमा नियन्त्रण गर्ने र स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउनेमा उनले जोड दिए ।

यसले कोभिड–१९ सङ्क्रमण दरलाई अझै प्रभाबकारीरूपमा नियन्त्रण गर्न कठिनाइ हुनसक्छ । अनुगमन र परीक्षण अझै बढाउँदै विरामीलाई समुदायको सम्पर्कबाट टाढा राख्नु र हरेक व्यक्तिले सावधानी अपनाउनु नियन्त्रणको प्रभावकारी एक अर्को उपाय हुन सक्छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ७ : १८ बजे

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक