विपद् प्रतिकार्य योजना तयार « Khabarhub

विपद् प्रतिकार्य योजना तयार


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– वाग्मती प्रदेशको मकवानपुरस्थित जिल्ला प्रशासन कार्यालयले विपद् प्रतिकार्य योजना तयार गरेको छ । जिल्लामा हुनसक्ने सम्भावित विपद्सम्बन्धी घटनाको पूर्वअनुमान गरी सोको बचावट र रोकथामको कार्य गर्ने गरी विपद् प्रतिकार्य योजना तयार गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले तयार गरेको सो योजनालाई जिल्ला विपद् व्यवस्थापन समितिले कार्यान्वयन गर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सबै सरोकारवालाहरुको सहकार्यमा प्रतिकार्य योजनालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न योजना अघि बढाएको हो ।

यसैगरी मकवानपुरमा विपद् प्रतिकार्यमा गैरसरकारी संस्थाका तर्फबाट भूमिका निर्वाह गर्ने जिम्मेवारी नेपाल रेडक्रस सोसाइटीले पाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यसअघि प्लान इन्टरनेसनलले निर्वाह गर्दै आएको भूमिका रेडक्रसलाई प्रदान गरेको हो ।

मकवानपुर जिल्लाबाट प्लान इन्टरनेसनल बाहिरिने हुनाले उक्त जिम्मेवारी रेडक्रसलाई प्रदान गरिएको हो । प्लान इन्टरलेसनलले मकवानपुरमा रहँदा गैरसरकारी संस्थाका तर्फबाट विपद्मा उद्धारलगायत विभिन्न सहयोग गर्दै आएको थियो । लामो समय मकवानपुरमा काम गरेको प्लान इन्टरनेसनल यसै वर्षदेखि मकवानपुरबाट बाहिरिँदै छ ।

यस्तै बैठकले जिल्लाका विभिन्न स्थानमा खोलाले बगाएर मृत्यु भएकाका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । गत असोज १२ गतेयता खोलाले बगाएर मृत्यु भएका छ जनाका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

त्यस्तै बैठकले जिल्लास्थित विभिन्न नदी, खोला, खहरेहरुमा वर्षाका बेला आइपर्ने समस्या न्यूनीकरणका लागि त्यस्ता प्रभावित स्थानबाट नदीजन्य पदार्थ निकाल्ने निर्णय गरेको छ । स्थानीय तहबाट पहिचान भइआएका स्थानहरुमा प्राविधिकसहित स्थलगत निरीक्षण गरी प्रभावित स्थानबाट आवश्यक नदीजन्य पदार्थ निकाल्ने निर्णय गरेको हो ।

स्थलगत निरीक्षण गरी रिपोर्ट पेस गर्नेगरी जिससका शाखा अधिकृत भीमलाल महर्जनको नेतृत्वमा जिप्रकाका अधिकृत प्रतिनिधि, डिभिजन वन कार्यालयका प्रतिनिधि, सम्बन्धित स्थानीय तहका प्राविधिक प्रतिनिधि र जिससका प्राविधिक प्रतिनिधिसहितको पाँच सदस्यसमिति समेत गठन गरिएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १० : ०१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार