एजेण्डामा सहमति नजुटेपछि स्थायी कमिटी बैठकमा ओली अनुपस्थित « Khabarhub

एजेण्डामा सहमति नजुटेपछि स्थायी कमिटी बैठकमा ओली अनुपस्थित


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  एजेण्डामा सहमति नजुटेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रथम अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी बैठकमा सहभागी भएका छैनन् ।

बैठकअघि बालुवाटारमा करिव एक घण्टा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको भेटवार्तामा एजेण्डामा सहमति नभएपछि ओली सहभागी नभएको उनका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए ।

‘उहाँ प्रचण्डसँगको छलफलमा आफूले प्रस्तुत गरेको १९ पृष्टको प्रस्तावकै विषयमा छलफल हुने बताएको सुनियो, त्यसमा हुने छलफलमा प्रधानमन्त्री सहभागी हुने कुरै भएन,’ थापाले भने ।

एकपक्षीय रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि विवाद झन चुलिएपछि ओली र दाहालबीच भेटवार्ता भएको थियो ।

तर, सो भेटले निकास नदिएपछि ओलीबिनै बालुवाटारमा उनको प्रतिक्षासहित बैठक बसिरहेको छ ।

दुई जनाको भेटअघि दाहाल निवास खुमलटार पुगेर स्थायी कमिटी सदस्य शंकर पोखरेलले दुई अध्यक्षबीच भेटवार्ता गरेर समस्या समाधानका लागि आग्रह गरेका थिए ।

पार्टी सञ्चालन र सरकार सञ्चालनका विषयबाट सुरू भएको नेकपा विवाद पछिल्लो समय विभिन्न नियुक्ति र पछिल्लो अध्यादेश प्रकरणपछि झनै चुलिएको छ ।

अध्यादेश जारी भएलगत्तै खुमलटारमा मंगलबार बसेको दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठको बैठकले तत्काल अध्यादेश खारेज नभए ओलीविरद्ध कठोर कदम चाल्ने चेतावनीसमेत दिइसकेका छन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  २ : ३६ बजे

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपाली खेलाडी प्रिन्सलाई दोहोरो स्वर्ण

काठमाडौं – पाकिस्तानमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’को

निजी विद्यालयले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही हुने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रचलित कानुन तथा

सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल

काठमाडौं– रास्वपा सांसद जगदीश खरेलले जेन-जी युवाहरूसँग यसअघिको सरकारले गरेको

पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का

काठमाडौं – एक्सन जनारामा बन्न लागेको फिल्म ‘एक्का तीन’मा नायक

विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण

बेइजिङ- ताइवानकी मुख्य विपक्षी दल कुमिन्ताङ (केएमटी) का अध्यक्ष चेङ