कांग्रेस संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैन : केसी « Khabarhub

कांग्रेस संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैन : केसी


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले यथास्थितिमा कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संवैधानिक निकाय विधि र विधानसँग मात्र उत्तरदायी, स्वतन्त्र र निष्पक्ष हुनुपर्ने मान्यतामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख र प्रमुख प्रतिपक्षको नेतालाई सम्मिलित गरेर संवैधानिक परिषद्को व्यवस्था गरिएको बताए ।

नेता केसीले भने, “संवैधानिक परिषद्मा ६ जनाको व्यवस्थासहित चारजनाको कोरम पुर्‍याउने र निर्णय सर्वसम्मत गर्ने व्यवस्था तोडेर आएको अध्यादेशले प्रजातान्त्रिक मूल्यमान्यता र लोकतन्त्रका आधारभूत संस्थालाई कमजोर बनाएको छ ।”

पार्टीका पूर्वसहमहामन्त्री केसीले जनताले कांग्रेसलाई ५ वर्ष प्रमुख प्रतिपक्षको भूमिका दिएकाले सरकारमा सहभागी नहुने स्पष्ट पारे ।

कांग्रेसका लागि १४औँ महाधिवेशन सम्पन्न गर्नु प्रमुख जिम्मेवारी रहेको बताउँदै उनले एक/डेढ वर्षभित्र विधिवत् अधिवेशन गर्ने गरी पुरानै महाधिवेशनबाट निर्वाचित सदस्यबाट फागुनभित्रमै महाधिवेशन सम्पन्न गर्ने बारेमा सोच्नुपर्ने आवश्यकता रहेकाले आफूले केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजान लागेको जानकारी दिए ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ३ : १२ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी