नेप्सेमा झिनो गिरावट, पाँच अर्बको कारोवार « Khabarhub

नेप्सेमा झिनो गिरावट, पाँच अर्बको कारोवार


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६.२० बिन्दुले ओरालो लागेर २०५५.२२ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ०.४३ बिन्दुले घटेर ३८६.९८ मा ओर्लेको छ ।

कूल १९९ कम्पनीको एक करोड पाँच लाख ५८ हजार ३९१ कित्ता शेयर रु पाँच अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ ।

बैंकिङ ०.९५, व्यापार २४.१६, होटल ७.२७, विकास बैंक ९.६, उत्पादन २०.७२, लघुवित्त ७६.५७ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ ।

यस्तै, जलविद्युत् २४.३६, वित्त २.१, निर्जीबन बीमा १३८.४२, अन्य २६.०२ र जीवन बीमा १६०.८५ बिन्दुले ओरालो लागेको छ ।

कारोवारका आधारमा आज एनसिसी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३९ करोड ४३ लाख ९५ हजार ३६२ बराबरको कारोवार भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स रु ३१ करोड ९१ लख ७६ हजार ९३०, नेपाल पुनरबीमा कम्पनी रु २४ करोड ३९ लाख ६९ हजार १४६, नबिल बैंक रु १८ करोड ४८ लाख ५९ हजार ९७५, शिखर इन्स्योरेन्स कम्पनी रु १४ करोड ७६ लाख ४४ हजार, हिमालयन डिस्टिलरी रु १३ करोड नौ लाख १७ हजार ७७१, नेपाल इन्भेस्टमेन्ट बैंक रु १२ करोड ९७ लाख ६५ हजार ३१७, आरएमडिसी रु १२ करोड १३ लाख ८३ हजार र एनआइसी एशिया बैंक रु ११ करोड ३९ लाख ४५ हजार ८१५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा छ्याङदी हाइड्रोपावर १०, माहुली सामुदायिक लघुवित्त १०, समिट लघुवित्त ९.९९, नारायणी डेभलपमेन्ट बैंक ९.९८, आरएमडिसी ९.९५, माउण्टेन इनर्जी ९.८८, सूर्योदय लघुवित्त ९.८८, एनसिसी बैंक ८.३३ र साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.८७ प्रतिशतले कमाए ।

यसैगरी एनएमबी ५० का लगानीकर्ताले ४.४८, शिखर इन्स्योरेन्सले ३.३३, गुडबिल फाइनान्सले ३.२६, रिडी हाइड्रोपावरले ३.२१, चिलिमे हाइड्रोपावरले २.९६, तारागाउँ रिजेन्सी होटलले २.७४, सानिमा माई हाइड्रोपावरले २.७३, नेपाल पुनरबीमा कम्पनीले २.६४ र सर्पोट माइक्रो फाइनान्सका लगानीकर्ताले २.४८ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ५ : २५ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका