काठमाडौं उपत्यकामा ३९१ संक्रमित थपिए, ३ को मृत्यु | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा ३९१ संक्रमित थपिए, ३ को मृत्यु


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं १६३ महिला र २२८ पुरुष गरी ३९१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १६ हजार ९४२ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४ , ललितपुरमा ७७ र भक्तपुरमा २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  त्यसैगरी, आज काठमाडौंमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ९३ हजार ७९६ जना संक्रमित भएका छन्, जसमध्ये ४५० जनाको मृत्यु भएको छ। हालसम्म ८९ हजार १७९ जना निको भएका छन्।ललितपुरमा १४ हजार ५९८ जना संक्रमित भएका छन्।

जसमा १३७ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ६९९ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ५४८ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार १०० जना निको भएका छन्।

आज काठमाडौमा ४ हजार १६७ ललितपुरम ७६२ र भक्तपुरमा ३५१ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर ७३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ। २४ घण्टामा ८४७ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ।

आज देशभर ९ हजार ७५७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ७४३ पुगेको छ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ५ : ३७ बजे

एकीकृत समाजवादीद्वारा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न माग

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले रोपाइँको

कैलालीको सुखडमा मदन जयन्ती विशेष विचार गोष्ठी हुने

धनगढी – जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन

पूर्वराष्ट्रपति भण्डारीले शनिबार राजनीतिमा फर्किएको घोषणा गर्न सक्ने

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नेकपा (एमाले) को सक्रिय राजनीतिमा

मुस्ताङका चार पालिकामा घुम्ती गोठ निर्माण

मुस्ताङ – जिल्लाको थासाङ गाउँपालिकासहित चार स्थानीय तहका याकचौँरी तथा