काठमाडौं उपत्यकामा ३९१ संक्रमित थपिए, ३ को मृत्यु « Khabarhub

काठमाडौं उपत्यकामा ३९१ संक्रमित थपिए, ३ को मृत्यु


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं १६३ महिला र २२८ पुरुष गरी ३९१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १६ हजार ९४२ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४ , ललितपुरमा ७७ र भक्तपुरमा २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  त्यसैगरी, आज काठमाडौंमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ९३ हजार ७९६ जना संक्रमित भएका छन्, जसमध्ये ४५० जनाको मृत्यु भएको छ। हालसम्म ८९ हजार १७९ जना निको भएका छन्।ललितपुरमा १४ हजार ५९८ जना संक्रमित भएका छन्।

जसमा १३७ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ६९९ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ५४८ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार १०० जना निको भएका छन्।

आज काठमाडौमा ४ हजार १६७ ललितपुरम ७६२ र भक्तपुरमा ३५१ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर ७३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ। २४ घण्टामा ८४७ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ।

आज देशभर ९ हजार ७५७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ७४३ पुगेको छ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ५ : ३७ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार