देशभर २४ घण्टामा ७३६ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) « Khabarhub

देशभर २४ घण्टामा ७३६ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ७३६ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

बुधबार थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा ५५५५ जनाको पीसीआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पीसीआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४५२ रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ७५७ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा थप ८४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३९ हजार ४१६ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनमै रहेर संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १, उदयपुरमा १, ओखलढुंगामा ४, झापामा ११, पाँचथरमा १, भोजपुरमा १, मोरङमा १४, संखुवासभामा १३ र सुनसरीमा १९ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश २ को धुनषामा ६, पर्सामा ९, बारामा २, महोत्तरीमा १ र सर्लाहीमा २ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौं २९४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ८, चितवनमा १६, दोलखामा ३, धादिङमा ७, नुवाकोटमा १६, भक्तपुरमा २०, मकवानपुरमा १३, रसुवामा ३, रामेछापमा १, ललितपुरमा ७७ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गण्डकी प्रदेशको कास्कीमा ४५, गोरखामा १४, तनहुँमा ७, नवलपरासी पूर्वमा १, पर्वतमा २, लमजुङमा ६, बागलुङमा ४ र स्याङजामा ५ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा २, गुल्मीमा ५, दाङमा ५, नवलपरासीमा २, पाल्पामा ८, प्यूठानमा ६, बर्दियामा ४, बाँकेमा २२, रुकुम पूर्वमा १, रोल्पामा २ र रुपन्देहीमा २५ जनामा कोरोना पाइएको छ।

कर्णाली प्रदेशको सुर्खेतमा मात्र २ जनामा कोरोना भेटिएको छ। यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा २५, कैलालीमा १, डडेल्धुरामा १ र बझाङमा ३ जनामा कोरोनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांक

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ५ : ५५ बजे

सिफारिस भएर आएका नामहरूलाई केन्द्रमा पठाउने कांग्रेस लुम्बिनीको निर्णय

बुटवल- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभा

लुटपाट गरिएका हातहतियार बेवारिसे भेटिए

झापा – यहाँको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री