३४८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

३४८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर हाल ३४८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार २८९ जना आईसीयूमा र ५९ जनाको भेन्टिलेटर उपचार भइरहेको हो ।

प्रदेश १ मा ३७ जना आईसीयूमा र ७ को भेन्टिलेटरमा, प्रदेश २ मा ११  जना आईसीयूमा र २ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यसैगरी बागमती प्रदेशमा १०४ जनाको आईसीयूमा र २५ को भेन्टिलेटरमा उपचार भइरहेको छ भने गण्डकीमा ८२ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा ४३ को आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा ६ जना आईसीयूमा र ४ को भेन्टिलेटरमा तथा सूदुरपश्चिम प्रदेशमा ६ को आईसीयूमा र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १० : ४५ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार